गाँजा ओसारपसार गर्ने दुइ यूवक मोटरसाइकल सहित पक्राउ

1598 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 धादिङ,२८ फागुन, । धादिङमा गाँजा ओसारपसार गरिरहेका अवस्थामा दुइ जना यूवक पक्राउ परेकाछन् । बेनीघाट रोराङ गाउँपालिकाको जोगीमाराबाट मोटरसाइकलसहित बुधवार दुई जना पक्राउ परेकाहुन् ।

बोरामा राखेर मोटरसाइकल मार्फत चितवनतर्फ लैजाँदै गरेका अवस्थामा १० किलो गाँजासहित दुई मोटरसाइकलका साथ दुई युवालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिए । पक्रउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका–३ का सुनित शिल्पकार र सोही स्थानका पवनमणि लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुले गाँजा बोक्न प्रयोग गरेको ना ५४ प ६४५ नं को स्कुटर र ग ६ प ९४३१ नं को मोटरसाइकलसमेत बरामद गरेको छ ।