विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख १४ हजार नाघ्यो

802 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं १ वैशाख -कोरोना भाइरस (कोभिड १९) का कारण ज्यान गुमाउनेको संख्या एक लाख १३ हजार नाघेको छ । सोमबार बिहानसम्म विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख १४ हजार २०१ जनाको ज्यान गएको छ ।

कोरोना संक्रमित हुनेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ । अहिलेसम्म १८ लाख ५२ हजार ५३३ जनामा कोरोना संक्रमण भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । चार लाखभन्दा बढी कोरोना संक्रमितको उपचार पनि सफल भएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर चार लाख २३ हजार ३९९ जनाको सफल उपचार भइसकेको छ ।

सबैभन्दा बढी अमेरिकामा संक्रमित देखिएका छन् । अमेरिकामा अहिलेसम्म पाँच लाख ६० हजार ४०२ जनामा संक्रमण देखिएको छ त्यस्तै २२ हजार १०५ जनाले ज्यान गुमाइसकेका छन् भने ३२ हजार ६३४ जनाको सफल उपचार भएको छ ।

स्पेनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १७ हजार २०९ पुगेको छ । त्यस्तै संक्रमित हुनेको संख्या पनि एक लाख ६६ हजार ८३१ पुगेको छ भने ६२ हजार ३९१ जनाको सफल उपचार भएको छ ।

इटालीमा पनि ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । अहिलेसम्म इटालीमा १९ हजार ८९९ जनाको ज्यान गइसकेको छ । त्यस्तै संक्रमित हुनेको संख्या पनि एक लाख ५६ हजार ३६३ पुगेको छ भने ३४ हजार २११ जनाको सफल उपचार भएको छ ।

(तस्बिर- चीनको हुवेइ प्रान्तस्थित एक अस्थायी अस्पताल ।)

  • न्युज कारोबारबाट