कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४३ पुग्यो

703 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं -नेपालमा बुधबार साँझ थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि देशभरमा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या २४३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार रुपन्देहीमा १२ जना, कपिलवस्तुमा ११ जना र नवलपरासीमा १ जना गरी २४ नयाँ संक्रमित थपिएका हुन्।

काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १८ पुरुष र ६ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसमेत नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २४३ पुगेको हो ।