उपेन्द्रकान्त अर्याल प्रहरी महानिरीक्षकमा बढुवा

547 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाण्डौं/सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा अतिरिक्त प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई बढुवा गरेको छ । imagesमन्त्रिपरिषद्को आईतवार बसेको बैठकले आउने मङ्सिर १ गतेदेखि लागू हुने गरी अर्याललाई बढुवा गरेको हो । अर्यालले आईतवार देखिनै कायममुकायम प्रहरी निरीक्षकको जिम्मा संहाल्नुभएको छ । अर्याललाई यही कात्तिक १४ गते मात्रै सरकारले अरिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । उहाँ २०४३ सालदेखि प्रहरी सेवामा प्रवेश गर्नुभएको हो । अहिलेका प्रहरी महानिरीक्षक कुवेरसिंह रानाको कात्तिक २९ गतेदेखि ३० वर्षे सेवा अवधि पूरा हुँदैछ । नेपाल प्रहरीका अनुसार प्रहरी महानिरीक्षक राना आईतवार देखिनै बिदामा बस्नुभएको छ । यसैगरी अब चार दिनपछि सेवा अवधि सकिन लागेकोले अतिरिक्त प्रहरी महानिरीक्षकहरू नवराज ढकाल, रमेशविक्रम शाह, दिनकरशमशेर राणा, भिष्म प्रसाई, गङ्गा पाण्डे, पुष्कर रेग्मी पनि बिदामा बस्नुभएको छ । यसैगरी सरकारले संविधानसभा चुनावलाई ध्यान दिँदै मङ्सिर २ गतेदेखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तर २ र ३ गते अत्यावश्य सेवा प्रदान गर्ने सरकारी कार्यालयहरू भने खुला हुने बताइएको छ ।