१०४ औं अन्तराष्ट्रिय नारि दिवश

735 पटक पढिएको

सम्पादक: Dhadingnews.com

चितवन-हरेक वर्ष अन्तराष्ट्रिय नारि दिवश मनाउदै आएको मानव अधिकारका लागि महिला,एकल महिला समूह मध्यमाञ्चल क्षेत्रिय कार्यलयले पनि “महिलाका लागि समानता ः सवैका लागि प्रगति” भन्ने विश्वब्यापि नारा र नेपालका लागि “महिला नेत्रित्वका लागि एक हाऔँ जम्मा ः घर देखि सम्विधानसभा सम्म” भन्ने मुल नाराका साथ भब्यवता पुर्वक मनाएको छ ।
१०४ औं अन्तराष्ट्रिय नारि दिवशको अवसर पारेर women kind को सहयोगमा मानव अधिकारका लागि महिला,एकल महिला समूह मध्यमाञ्चल क्षेत्रिय कार्यलय चितवनले  चितवन जिल्लाको विभिन्न स्थानमा ब्यवसाय गरेर वसेका १० जना एकल महिलाहरुलाई बजार ब्यवस्थापन तथा लेखा तालिम संञ्चालन गरेको छ । फाल्गुन २४ र २५ गते २ दिन सम्म संस्थाको छाहारीमा संञ्चालन हुने सो तालिममा भरतपुर न.पा.का सामुदायिक विकाश अधिकृत रामकृष्ण ढकाल र भरतपुर न.पा का आ.ले.प. अधिकृत तुलसि प्रसाद श्रेष्ठ प्रशिक्षकको रुपमा रहनु हुनेछ । मानव अधिकारका लागि महिला,एकल महिला समूह मध्यमाञ्चल क्षेत्रिय अध्यक्ष विष्णु माया पाण्डेले औपचारिक रुपमा कार्यक्रमको समुद्घाटन गर्दै २१ औ शताब्दिमा पनि महिलाहरु खुलेर समाजमा आफुलाई प्रस्तुत गर्न नसकेको गुनासो गर्दै अव महिलाहरुलाई सामाजिक र आर्थिक रुपले सवल वनाउनका लागि आगामि दिनहरुमा यस्ता तालिमहरु सवै खाले महिलाहरु सम्म पु¥याउन पर्नेमा जोड दिनु भयो । कार्यक्रममा स्थानिय राजनितीक दलका प्रतिनिधि,समाजसेविहरुले आफ्नो धारण राख्नु भएको थियो । कार्यक्रममा वेल्ने वक्ताहरुले आगामि दिनहरुमा समाजले महिलाहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।