दोस्रो तामाङ फिल्म एण्ड म्युजिक अवार्ड २०७१ हुने

568 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, फागुन २५ –  आगामी बैशाख ११ गते दोस्रो तामाङ फिल्म एण्ड म्युजिक अवार्ड २०७१ हुने भएको छ ।

साँस्कृतिक धरोहरको रुपमा रहेको तामाङ गीत संगीत तथा चलचित्रको विकास, तामाङ भाषा, संस्कार र संस्कृतिलाई जीवन्त राख्न २०७१ बैशाख ११ गते आर्मी अफिसर्स क्लब भद्रकालीमा दोस्रो तामाङ फिल्म एण्ड म्युजिक अवार्ड २०७१ को आयोजना  हुने भएको छ ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै म्युजिक अवार्डमा गीत संगीतको तर्फबाट १ जना र तामाङ चलचित्रबाट १ जना गरी २ जनालाई महान तामाङ हस्तीहरुलाई लाइफ टाईम एचिभमेण्ट अवार्डबाट सम्मानित गर्ने, २०६७ बैशाख १ पछि २०७० चैत १५ गतेसम्मको गीत संगीत र चलचित्रहरुलाई प्रतिष्पर्धाको रुपमा उतार्ने गरी अवार्डलाई ५ भागमा विभाजन गरी ३५ विधामा अर्वार्ड वितरण गर्ने जानकारी समेत दिइएको थियो ।

पत्रकार सम्मेलनमा तामाङ फिल्म समूहमा १६ विधा, तामाङ गीत समूहमा ६ विधा, तामाङ सेलो गीत समूह ६ विधाहरु, तामाङ म्युजिक भिडियो समूहमा ४ विधाहरु र तामाङ गीत समूह ३ विधाहरु छुट्याईएका छन् ।

दोस्रो तामाङ फिल्म एण्ड म्युजिक अवार्ड २०७१ का संयोजक तथा आयोजक विनोद तामाङले आगामी चैत्र २६ गतेदेखि बैशाख ९ गतेसम्म काठमाडौ लगायत देशभरमा टप ५ मा परेका चलचित्र र गीत संगीतको क्याम्पेनिङ तथा कन्सर्ट गरिने जानकारी दिनुभयो ।

उहाँले निर्णायकको मत, एसएमएस भोटिङ २५ प्रतिशत, फेस बुक लाईक ५ प्रतिशतमार्फत आफूलाई मन परेका गीत संगीत र फिल्मलाई भोट दिई जिताउन आग्रह गर्दै अवार्ड कार्यक्रम राष्ट्रिय टेलिभिजन, एफएमबाट प्रत्यक्ष प्रशारण गरिने जानकारी दिनुभयो ।

उज्यालो अनलाईनबाट