एकीकृत माओवादी संसदीय दलको नेतामा अध्यक्ष प्रचण्ड चयन

710 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाण्डौं ( धादिङ न्युज) –एकीकृत नेकपा माओवादीले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बुधवार बिहान बसेको संसदीय दलको बैठकले दलको नेतामा अध्यक्ष प्रचण्डलाई चयन गरेको हो । बैठकले अध्यक्ष प्रचण्डलाई सर्वसम्मत चयन गरेको थियो । त्यस्तै बैठकले दलको मुख्य सचेतकमा गिरिराजमणी पोखरेललाई चयन गरेको छ । संसदीय दलको बैठकमा संसदमा पार्टीले खेल्ने भूमिका, संसद र संविधानसभाका विषयगत समितिमा पार्टीले पाउने नेतृत्वलगायतका विषयमा पनि छलफल भएका थियो ।