विश्वकपमा सबै खेलाडीको डोपिङ परीक्षण गरिने

608 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, जेठ २२ । फिफाले विश्वकपमा पहिलोपल्ट सहभागी सबै खेलाडीको डोपिङ परीक्षण गर्दै बायोलोपकल पासपोर्ट तयार गर्ने महत्वकांक्षी योजना बनाएको छ। यसअघि साइक्लिङ र एथलेटिक्समा प्रयोग भएको सो व्यवस्थालाई फुटबलको सर्वोच्च संस्थाले पनि लागू गराउन लागेको समाचार कान्तिपुर दैनिकमा छ।

बायोलोजिकल पासपोर्टमा खेलाडीको रगत र पिसाव परीक्षणको विवरण उल्लेख हुनेछ। मार्चदेखि स्वास्थ्थकर्मीहरुले खेलाडीको ट्रेनिङ क्याम्पमै पुगेर रगत र पिसाव परीषण सुरु गरिसकेका थिए।

मिडिया रिपोर्टका अनुसार गत साता अर्जेटिना र फ्रान्सको ट्रेनिङ क्याक्पमा परीषणका लागि रगत र पिसाप लिइएको थियो। ब्राजिली नेयमार, इटालीका कप्तान जियालुइसी बुफोन तथा स्पेनका आन्द्रेय इनिस्टाको रगत र पिसाव नमुना गत वर्ष भएको कन्फडेरेसन कपको बेला लिइएको थियो ।

-खबरपाटीबाट