पुष्पलालको ३६औं स्मृति दिवसको अवसरमा अन्तरक्रिया

715 पटक पढिएको

सम्पादक: Dhadingnews.com


SAM_3701धादिङ–नेपाल कम्युनिष्ठ पार्टीका संस्थापक नेता पुष्पलालको ३६औ स्मृति दिवसको अवसरमा नेकपा एमालेले बुधवार धादिङबेसीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 
नेकपा एमाले धादिङका कार्यवाहक अध्यक्ष भुमि त्रिपाठीको अध्यक्षतामा भएको ३६ औं पुष्पलाल स्मृति दिवस तथा नेकपा एमाले नवौं महाधिबेशनको सन्देश प्रवाह बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सदरमुकाम स्थित मदनआश्रित भवनमा भएको कार्यक्रममा सामुहिक रुपमा पुष्पलालको तस्बिरमा पुष्पगुच्छा अर्पण र माल्र्यापण गरिएको छ । कार्यक्रमलाई संबोधन गदै नेकपा एमालेका वैकल्पि केन्द्रिय सदस्य खेम लोहनीले पुष्पलालले प्रतिपादन गर्नुभएको बिचारकै कारण मुलुकमा अहिलेको परिवर्तन सम्भव भएको वताउनु भएको थियो । 
SAM_3706राजतन्त्रको विरुद्धमा कम्युनिस्ट र काङग्रेस एक ठाउँमा उभिनु पर्छ भनेर पुष्पलालले अघि सार्नुभएको प्रस्तावलाई नेपाली कांग्रेसले धेरै बर्ष इन्कार गरेपनि अन्ततः २०४६ सालको जनआन्दोलन र २०६२÷६३ सालको दोश्रो जनआन्दोलनमा गएर पुरा भएको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका नवनिर्वाचित वैकल्पिक केन्द्रिय सदस्य खेम लोहनी र केन्द्रिय लेखा आयोगका सदस्य मिनराज कंडेललाई जिल्ला कमिटीको तर्फवाट सम्मान समेत गरिएको थियो । कार्यक्रममा एमालेका धादिङ क्षेत्र नम्बर ३ का राष्ट्रिय प्रतिनिधि परिषद सदस्य नेत्रराज पौडेल,महिला नेत्तृ जानुका सिम्खडाका साथै पुर्व सभासद एवम नेपाली कांग्रेसका सभापती रामनाथ अधिकारी,नेकपा एकीकृतका शिवनिधि खनालको आतिथ्य रहेको थियो । यसैगरी नेकपा –माओवादीका जिल्ला नेता रामबहादुर श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नन्दप्रसाद काप्री,प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल,प्रहरी नायव उपरिक्षक प्रकाश मल्लका साथै विभिन्न दलका नेता कार्यकर्ता।संचारकर्मीि पेशाकर्मीहरुको सहभागिता थियो ।