लुकाई छिपाई अवैध ढंगवाट वालुवा तस्करी, ट्रक समातिए

1173 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धादिङ, – लुकाई छिपाई अवैध ढंगवाट बिक्रीका लागि काठमाण्डौं लैजान लागिएको अवस्थामा धादिङ प्रहरीले दुई ट्रक वालुवा वरामद गरेको छ ।
SAM_4290 - Copy SAM_4293 - Copyधादिङको पिडा गाविस वडा नम्बर १ स्थित पृथ्वीराजमार्ग छेउमा ट्रकमा वालुवा लोड गरी त्रिपालले छोपेर काठमाण्र्डौ लैजान लागेको अवस्थामा दुई वटा ठुला ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला विकास समिति धादिङले साउन १ गते देखि जिल्लावाट वालुवा निकासी वन्द गरेपछि राजधानीमा नयां तरिकाले वालुवा तस्करी हुन थालेको हो । सोमवार दिउंसो पिडा गाविसको वडा नम्बर १ वाट नियन्त्रणमा लिईएको ना ४ ख ८००५ र ८००६ नम्बरको ट्रकलाई प्रहरीले जिल्ला विकास समितिमा जिम्मा लगाएको छ । जिविसको निर्देशन अटेर गरी लुकाई छिपाई वालुवा तस्करी गरेको आरोपमा दुवै ट्रकलाई २५ हजारका दरले ५० हजार जरीवाना लगाई वालुवा समेत नियन्त्रणमा राखेको जिल्ला विकास समिति राजस्व शाखाका तुफेल अहमदले वताउनु भयो ।
प्रहरी नियन्त्रणमा रहेका ट्रकका चालक र सह चालकले जिविसले तोकेको जरीवाना तिरेपनि वालुवा कस्ले लैजांदै गरेको थियो भन्ने खुल्न नसकेको वताईएको छ । राजधानीमा बढ्दै गएको वालुवाको माग धान्न नसकेपछि तस्करीको नयां प्रयोग हुन सक्ने सम्भावनालाई ख्याल गरी राजमार्ग क्षेत्रमा प्रहरी सक्रियता बढाईएको धादिङका प्रहरी नायव उपरिक्षक प्रकाश मल्लले जानकारी दिनु भयो ।