बेमौसमको असिनापानीले धानमा क्षति

100 पटक पढिएको

प्रकाशित मिति: ९ कार्तिक २०७१, आईतवार २१:०३

सम्पादक: Dhading News

 

 

नुवाकोट-  बेमौसममा परेको असिनापानीले यहाँका विभिन्न फाँटमा लगाइएको धानबालीमा क्षति पुगेको छ ।

शनिबार र आज अपराह्न परेको असिनापानीले जिल्लाका अधिकांश किसानको खेतमा पाकेर भित्र्याउने बेला भएको धानमा क्षति पुगेको हो । असिनापानीका कारण किसानले काट्न ठीक पारेको र काटेर सुकाएको धानमा असिनाले क्षति पुर्याउँदा जिल्लाका विभिन्न गाविसका किसान चिन्तित बनेका छन् ।

असिनापानीले तारुका गाविसका विभिन्न फाँटमा लगाइएको धानमा ठूलो क्षति पुगेको छ । गाविसका पसमखेल फाँट, खानीफाँट, कौसिनीफाँट पारिखेतफाँटलगायतमा काट्न ठीक पारेको धान असिनापानीले नष्ट भएको स्थानीय शिक्षक शिवराम ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार धानसहित कोदोसमेत नष्ट भएको छ । गाविसका तीन हजार रोपनी जग्गामा लगाइएको धानबालीमा क्षति पुगेको छ ।

यस्तै बुधसिं गाविसका सिंगाले फाँट, अम्बटे फाँट, छत्रेफाँटलगायतमा पनि असिनापानीले क्षति पुर्याएको छ । चतुराले गाविसमा पनि असिनापानीले क्षति पुगेको छ । असिनाले काहुलीलगायत तरकारी खेतीमा समेत क्षति पुगेको छ । असिनाका कारण चतुराले गाविसमा ३० प्रतिशत धान उत्पादन घट्ने अनुमान स्थानीयवासीले गरेको शिक्षक नवराज पाठकले जानकारी दिनुभयो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

९ कार्तिक २०७१, आईतवार २१:०३ मा प्रकाशित

समाचार

सबै

प्रहरी उपरीक्षक राजकुमार बैदवारको धादिङबाट विदाई

धादिङ- गएको एघार महिना देखि जिल्ला प्रहरी कार्यालय धादिङको कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी उपरिक्षक (एसपि)राजकुमार बैदवारलाई विहिबार धादिङबाट विदाई गरिएको छ । जिल्लामा कार्यरत रहँदा जिल्लाको.....

सुनखानीमा बोलेरो जिप दुर्घटना १२ जना घाईते

धादिङ, २६ मंसिर - सदरमुकाम धादिङबेसीबाट ज्वालामुखी गाउँपालिकाको ढोलातर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको.....

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु

 काठमाडौँ। काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु.....

साङकोष माविका शिक्षक नविन श्रेष्ठले किन थाम्न सकेनन आँसु ?

धादिङ– मेरो नाम नविन श्रेष्ठ हो । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको साङकोष माविमा शिक्षक पदमा कार्यरत छु ।.....

बूढीगण्डकी प्रभावित आरुघाटबासीको आन्दोलन स्थगित

धादिङ, २२ मंसिर - प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलबिद्युत्त आयोजनाको डुवान क्षेत्रमा पर्ने जग्गाको.....

Categories