धादिङका अगुवा किसानलाई सम्मान

318 पटक पढिएको

प्रकाशित मिति: १७ कार्तिक २०७१, सोमबार २१:१३

सम्पादक: Dhading News

kisaan sammaan धादिङबेसी–कृषि तथा पशुपालनको माध्यमवाट दिगो आयआर्जन तथा खाद्य सुरक्षामा उल्लेखनिय योगदान पुर्याउने धादिङ जिल्लाका अगुवा कृषकहरु सम्मानित भएका छन ।
सोमवार जिल्ला कृषि विकास कार्यालय तथा खाद्य सुरक्षाका क्षेत्रमा कार्यरत विभिन्न गैर सरकारी संस्थाहरुको संयुक्त आयोजनामा भएको कार्यक्रममा किसानहरु सम्मानित भएका हुन । खेतीपाती र कृषि तथा पशुपालनमा नयां जात तथा प्रविधि अवलम्वन गरि दुगर्म क्षेत्रमा रहेर पनि कृषि उपज वस्तु विक्रीबाट मनग्य आम्दानी लिने कृषकहरु मध्येबाट १० जना कृषकलाई सम्मान गरिएको हो ।
जिल्ला कृषि विकास कार्यालयका साथै खाद्य सुरक्षाका निम्ति काम गरिरहेको गैर सरकारी संस्थाहरु फियान नेपाल, खाद्य अधिकार सञ्जाल धादिङ सहितका संस्थाले संयुक्त कार्यक्रमको आयोजना गर्दै ३४ औ विश्व खाद्य दिवस मनाएका हुन ।
कार्यक्रममा धादिङ जिल्लामै पहिलो पटक व्यवसायिक रुपमा अदुवा खेती शुरुवात गर्ने गर्ने केवलपुर ४ का अगुवा किसान कुलप्रसाद पौडेल, तरकारी ,पशुपालन तथा फलफुल खेतीवाट बार्षिक २० लाख वराबरको आम्दानी लिन सफल वेनिघाट ६ का शिव उप्रेती, नौविसे ४ का राजाराम पाण्डे, वेनिघाट २ का ध्रुव विकलाई सम्मान गरिएको थियो । यसैगरी मैदी २ का इश्वरी भट्ट, धुषा ९ का अमर चेपाङ, कल्लेरी २ का शर्मिला कार्की, त्रिपुरेश्वर २ का गोपाल गौली, झार्लाङ ९ का अस्मिता तामाङ र झार्लाङ १ दमै तामाङलाई पनि कृषि,पशुपालन तथा व्यवसायिक खेतीमा नमुना कार्य गरेको भन्दै प्रमाण पत्रका साथ दोसला ओढाएर सम्मान गरिएको थियो ।
सोही अवसरमा राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट धुषा १ का हेमनाथ थपलिया, जीवनपुर ९ का कृष्ण कुमार रेग्मी र कुम्पुर ३ का शंकर प्रसाद थपलियालाई नगद १० हजार र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । यसै गरी समुह प्रतियोगिता, खाद्यन्न ( गहुँ र मैकै) वाली र निवन्ध प्रतियोगतामा ४÷४ जनालाई पनि पुरस्कृत गरिएको छ ।
पारिवारिक खेती वर्षः सवैलाई खुवाउ, पृथ्वीलाई जोगाउ भन्ने नारा सहित जिल्ला कृषि विकास समितिका अध्यक्ष एवम स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वाशुदेव घिमिरेले किसानहरुलाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा वोल्दै वरिष्ठ कृषि विकास अधिकृत महेन्द्रराज कौडालले खेतीयोग्य जमिनमा वस्ति बढ्दै जानुका साथै जिल्लाको राजमार्ग क्षेत्र आसपासमा ताजा तरकारी उत्पादन गर्ने कार्य बढ्दै गएकाले जिल्लालाई ८ हजार ३ सय ६२ मेट्रिकटन खाद्यन्न अपुग हुने गरेको बताउनु भयो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१७ कार्तिक २०७१, सोमबार २१:१३ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

आइपिएल मा आज सन्दिपको टिम दिल्ली क्यापिटलले र किङ्गस ११ पञ्जावको सामना गर्ने

दुवइ, ४–असोज, हिजो वेलुका बाट शुरुभएको विश्वकै सवैभन्दा चर्चित र ठुलो क्रिकेट लिग प्रतियोगीता इन्डियन प्रिमियर लिग टि २० मा आज दोश्रो दिन नेपाली उत्कृष्ट बलर सन्दिप लामिछाने को टिम दिल्ली क्यापिटल ले किङस.....

महादेववेशी बजारमा दुर्घटना, ३ बर्षिय वालिकाको मृत्यु

धादिङ, ४ असोज - धादिङ थाक्रे गाउँपालिका वार्ड नं. ६ महादेववेशी बजारमा आज दिउँसो २ बजे नौविसे देखी मलेखुतर्फ जाँदै.....

ट्याङ्कर त्रिशुली नदीमा खस्यो

धादिङ,४ असोज । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित पृथ्वीराजमार्गबाट ट्याङ्कर त्रिशुली नदीमा खसेको छ ।   .....

धादिङ न्यूज डटकमको सम्पादकमा रामचन्द्र रुपाखेती

    धादिङ- धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कमको सञ्चालन अब डिन्यूज मिडिया प्रा.लि.ले.....

बागमती प्रदेशले धादिङ अस्पताललाई ७५ लाख दिने

हेटौंडा, २३ भदौ - कोरोना भाईरस संक्रमण तथा रोकथामका लागि बागमती प्रदेशले प्रदेशका बिभिन्न स्थानिय तह, अस्पताल र.....

Categories