मध्यक्षेत्रको नौ जिल्लालाई समेटेर एकीकृत पर्यटन विकासको प्रयास

507 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 


चितवन- मध्यक्षेत्रको नौ जिल्लालाई समेटेर एकीकृत पर्यटन विकासको प्रयास शुरु भएको छ । ती जिल्लाका मुख्यमुख्य पर्यटकिय संभावना भएको क्षेत्रलाई समेटेर एककिृत पर्यटन विकास आवश्यक भएको भन्दै यस्तो प्रयास शुरु भएको हो ।

f636efef50b857c3de9e360a9fbdee3aसोही कार्यक्रम अनुरुप बुधवार  चितवन महोत्सवको अवसरमा क्षेत्रीय पर्यटन विकासका लागि एकीकृत पर्यटन अवधारणा विषयक कार्यशाला गोष्ठी समेत सम्पन्न भयो । गोष्ठिमा चितवन लगायत आसपासको नौ जिल्लाका  सरकारी अधिकारी , पर्यटन व्यवसायी र सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पर्यटन मन्त्रालय र पर्यटन बोडका पदाधिकारीहरुको समेत उपस्थिति रहेको छ । चितवनसँगै मध्यक्षेत्रको पर्यटन विकासको सम्भावना केलाउन महोत्सवका बेला क्षेत्रिय पर्यटन विकासका लागि एकिकृत पर्यटन अवधारणामा ल्याएको मुल संयोजक कल्याण जोशीले बताउनुभयो । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले चितवन जिल्ला अथाह पर्यटनको खानी भएको बताउनुभयो । उहाँले पोखरा र लुम्विनीमा आएका पर्यटकहरुको बसाई स्थल समेत हुने भएकाले चितवनमा अहिले भन्दा दोव्वर पर्यटक भित्र्याउन सकिने दावी गर्नुभयो । उहाँले चितवनको लामो झरना , देवघाट , बखान सहकारी संस्था , तथा नारायणी नदीलाई पर्यटन कार्यक्रमबाट अलग गर्न नसकिने उल्ले गर्नुभयो । उहाँले पर्यटन भित्र्याउनका लागी लुम्बिनीमा बन्ने अन्तरािष्ट्रय विमानस्थलले सहयोग गर्ने जनाउनुभयो । भोली सोही विमानस्थलको प्रधानमन्त्रीबाट शिलान्यास हुने समेत उहाँले जानकारी दिनुभयो ।
पर्यटनका लागि चितवनमा झण्डै ४० पर्यटकिय क्षेत्र रहेको भन्दै कार्यपत्र प्रस्तोता विश्व सुवेदी र जनार्दन पौडेलले यहाँको पर्यटनलाई छिमेकी जिल्लासँग जोडेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभया । गोष्ठिमा चितवन, मकवानपुर, तनहुँु गोरखा, लमजुङ, कास्की, रुपन्देशही, धादिंग नवलपरासी गरी नौ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
पर्यटन मन्त्रालयका सह सचिव मोहनकृष्ण सापकोटाले पर्यटन रणनीति बनेकाले हवाई ,सडक, ट्रेकिङ को पर्यटन विकासमा लागेको बताउनुभयो । प्रकृतिको संरक्षण गर्दै यसको फाईदा लिनुपर्ने उल्लेख गर्दै उहाँले नीजि क्षेत्रको सहकार्य आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रवन्धक लिलाबहादुर वानियाले वोर्डले अहिलेसम्म प्रवद्र्धनका कार्यक्रम गर्दै आएकोमा अव पुर्वाधार विकासमा समेत कार्यक्रम ल्याएको उल्लेख गर्नुभयो । उहाँले स्थानिय समुदायकै अगुवाईमा जिल्लाकै विशेष कुराहरुलाई कार्यक्रममा समेट्नुपर्नेमा जोड दिनुभयो ।
बाह्यसँगै आन्तरिक पर्यटकले पनि पर्यटन क्षेत्र धानेकाले त्यसको गुणस्तरियतामा ध्यान दिनुपर्ने चितवनका स्थानिय विकास अधिकारी भरतमणी पाण्डेले उल्लेख गर्नुभयो । महोतसव गोष्ठि तथा सेमिनार समितिका संयोजक  डा.तिलचन्द्र भट्टराईले समग्र मध्यक्षेत्रमा पर्यटकिय क्षेत्र र यसको विकास लागि उद्योग बाािण्ज्य संघ चितवन नेतृत्व लिन तयार रहेको बताउनुभयो ।
चितवन महोत्सव पर्यटन समितिका संयोजक पुष्पनिधी लोहनीको संयोजन तथा उद्योग बाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत दिपक विष्टले सञ्चालन गरेको कार्यक्रममा एक सय बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यसअघि चितवनको आर्थिक विकासका र पर्यटन तथा स्वास्थ्यमा गुणस्तर व्यवस्थापन सम्वन्धी गोष्ठि भैसकेको छ भने माघ २ गते सुचना र प्रविधिको विषयमा गोष्ठि हुँदै छ ।