धादिङका कृषकहरु कोदो भित्राउनमा व्यस्त

1000 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

kodo 1धादिङ–धादिङ जिल्लाका कृषकहरुलाई यतिखेर कोदोवाली भित्राउनको लागि भ्याई नभ्याई भएको छ । खाद्यन्नको मुख्य वाली भित्र पर्ने कोदो धादिङको सम्पुर्ण क्षेत्रमा राम्रो सँग हुने जिल्ला कृषि विकास कार्यलय धादिङले जनाएको छ । विगतका वर्षहरुमा मौसमको प्रतिकूलताबाट पिरोलिने गरेका धादिङ कृषकहरु यसवर्ष भने मौसमको अनुकूलतासँगै बिहान मिर्मिरेदेखि बेलुकीसम्म बाली भित्रुउने काममा व्यस्त देखिएका छन् । यतिबेला ग्रामीण भेगका जुनसुकै गाउँका कृषकहरु घरमा भेटिदँैनन् बिहान भालेको डाँकोसँगै खेतबारीमा पसेका कृषक बेलुकीमात्र घर फर्केका हुन्छन् ।

kodo 2अन्य खाद्यबालीहरुको तुलनामा कमै उत्पादन गर्न खोजिने गरिएको कोदो वाली पछिल्लो समयमा फस्टाउन थालेको छ । कोदोको उपयोग जे जस्तो खाद्य सामग्रीमा प्रयोग गर्न खोजिएको भएपनि कोदोको उत्पादनका किसानहरु लाग्नुलाई शुभ संकेतका रुपमा नै लिइन थालिएको छ । यतिबेला कोदोलाई घाममा सुकाएर कुट्ने गरिन्छ । असार र साउनमा रोपेको कोदो टिपेर राख्ने सयम अहिले भएको छ । धादिङ जिल्लाको ६९ हजार ३० हेक्टर क्षेत्रफलमा कोदो खेति गरिदै आएको छ । विगतको बर्षहरुमा भन्दा यसबर्ष कोदोको उत्पादन बढ्ने किरान्चोकका विष्णु अधिकारीले बताउनु भयो ।