चर्चा : भ्यालेन्टाईन डे अर्थात प्रणय दिवस

787 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

लक्ष्मी परियार 
प्रणय दिवस, फेव्रुरी १४, भ्यालेन्टाईन डे अर्थात प्रणय दिवस मनाईदै छ । पश्चीमा मुलुकबाट भित्रीएको भ्याईटाईन डे अर्थात प्रणय दिवस नेपाली युवाहरु माझ पनि पछिल्लो क्रममा निकै लोकप्रिय बन्दै गएको छ । धेरैजनाले धेरै योजना छन् होला वा भनौ धेरैले धेरै योजना बनाएका छन् ।

अरु भन्दा पनि मायाप्रेममा बाधिएकाहरुले आज विशेष खालको योजना बनाएका छन् होला वा भनौ न उनीहरुले आफ्नो प्रियतम र प्रेमिकालाई आज कतै घुमाउन लैजाने ,सपिङ गर्ने र मायालाई अझै प्रगाढ बनाउने कोसिस गर्नेछन् भने भर्खर भर्खर कसैलाई मन पराउनेहरुले भने आज विशेष तामधामका साथ प्रेम प्रस्ताव राख्ने जमर्केा गर्दैछन् होला । त्यस्तै आजको दिन सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा भ्यालेनटाईन डे विशेष थुप्रै तस्विर पोष्टर गरेको पाईन्छ ।

भ्यालेनटाईन डे पादरी सेन्ट भ्यालेनटाईनको सहादतसंग सम्बन्धीत छ । तत्कालिन समयमा प्राचीत रोम सम्राज्यका क्लाउडियस द्धितीयले युवाहरु प्रेम र विवाहमा लागे मुलुकको सैनिक सेवा प्रभावित हुन्छ भनेर यसलाई प्रतिवन्ध लगाएका थिए । तर भ्यालेनटाईनले भने सम्राटको यो कुरालाई धर्म विरुद्धको भन्थे । त्यसैले उनले युवाहरुलाई प्रेम र विवाहका लागि प्रेरीत गर्नुका साथै सामुहिक विवाह समेत गराएका थिए । निषेधाज्ञा तोडेका आरोपमा उनलाई ईसापूर्व २७० को फेव्रुरी १४ का दिन मृत्युदण्ड दिईएको थियो ।

यो दिवस अरुहरुको तुलनामा किशोर किशोरी र युवा युवतीहरुलाई बढी लाग्ने गर्दछ । हाम्रो समाजमा केटाको तुलनामा केटीहरु भने कसैलाई मन पराएपनि खुलेर भन्न सक्दैनन् । प्रेम प्रस्ताव राख्नको लागि आजकै दिन वा भनौ प्रणय दिवस नै कुर्नुपर्ला त ? मलाई त त्यस्तो लाग्दैन तैपनि आजको दिन विशेष गरेर आफुलाई मन परेको मान्छेलाई प्रस्ताव राख्ने दिन भएकाले पनि भन्न नसकेकाहरुले पनि प्रस्ताव राख्ने आट राख्ने गर्नेछन् , फरक त्यति मात्रै होे । केही समय पहिला पश्चिम मुलुकमा विशेष यो दिवस मनाउने भएपनि नेपालमा भने प्रणय दिवसको कुनै प्रवाह नै हुने थिएन तर पछिल्लो समयमा यो दिवसले खुब महत्व राख्दै आएको छ । वा भनौ नेपालमा अझ त्यसमा पनि शहरी क्षेत्रमा भने यो दिवसप्रति धेरैले चासो राख्ने गर्दछन् ।Special-Wishes-Happy-Valentines-Day1

साचिक्कै मायाको संसारमा रमाउनेहरुले मायाविनाको संसारलाई अध्यारो रातको संज्ञा दिने गर्दछन् । माया हरेक चिजमा हुने गर्दछ –माटोमा माया ,ढुंगामा माया ,यो धर्तीमा माया ,ग्रहमा माया , पिण्डमा माया, पशुमा माया,देशमा माया वा भनौ न विश्वमा नै माया ,मानवमा मायाविनाको संसार कल्पना पनि गर्न सकिदैन । हामी हरेक चिजलाई माया गरेको हुन्छौ । हाम्रो प्रत्येकलाई माया गरिरहेका हुन्छौ । भनिन्छ जहाँ माया छैन त्यहाँ द्धन्द्ध हुन्छ लडाई हुन्छ । झगडा हुन्छ । माया त हामी सबैलाई गरिरहेका हुन्छौ । हाम्रो घरपरिवार , समाज देश हरेकसँग माया बसेको हुन्छ । ती सबैलाई माया गर्ने तरिका मात्रै फरक हुने गर्दछ ।
happy_valentines_day_from_kinky_solutions_2008

पछिल्लो सययमा माया भन्ने शब्द सुन्ने वित्तिकै केटा र केटीबीचको मायालाई मात्रै बुझ्ने गरेको पाईन्छ । त्यसै अनुरुप आजको दिन धेरै युवा युवतीहरुले आफुलाई मन परेको मान्छेलाई प्रस्ताव राख्ने गर्दछन् । यसरी एक अर्कालाई मन पराउने , उसलाई प्रस्ताव गर्ने र मायाको शुरुवात गर्ने युवा युवती पनि थुप्रै पाईन्छन् । साच्चिकै हो माया गर्ने तरिकाले अहिले धेरै फड्को मारिसकेको छ । हाम्रो समाजमा विवाह गर्नको लागि कुनै बेला कमाई , उमेर ,उसको पारिवारिक अवस्था हेरेर विवाह गर्ने चलन थियो भने अहिलेको अवस्थामा विहेको लागि केटी हेर्न जादा उसको लभ कसैसँग छ की छैन भनेर सोध्ने गरिन्छ । अहिले त घरमा छोरा छोरीको विवाह गर्ने उमेर भयो भनेर बाबुआमाले कुरा गरिदिन वित्तिकै उनीहरुले आफ्नो प्रेम वा प्रेमिकालाई तयारी भएको कुरा गरिहाल्छन् । यदि त्यो माया प्रेम विवाहमा परिणत हुन सकेन भने त्यसले विकराल रुप वा भनौ अफ्ठारो परिस्थिति उत्पन्न गराईहाल्छ ।

अहिले धेरै जसो यस्तो सुन्ने गरिन्छ – आजभोलीका केटा केटी कस्ता खतम भए , बाबुआमाको ईज्जतको ख्यालै गर्दैनन् । फलानोको छोरा फलानोकी छोरी यस्तै यस्तै खुब कुरा काटेको सुनिन्छ । एउटा केटा र केटीले माया लगाउने चलन अहिले मात्रै आएको होईन । पहिला पनि लगाईन्थ्यो त्यो एउटा स्वरुपमात्रै फरक हो होईन र ? किनकी पहिला मेला पर्व लाग्दा ,सालैजो गाउन जादा , गोठ जादा माया लगाएर विवाहमा परिणत भएकाहरुको पनि उदाहरण छन् हाम्रो समाजमा । यसरी एकअर्का प्रति आकर्षण भएर लाग्ने माया पनि अचम्मैको हुन्छ ।

माया लगाउनेहरुका अगाडि हाम्रो समाजमा विभिन्न अवरोध पनि सृजना गराउने त्यस्ता बाधा व्यवधान हुन्छन् । तैपनि ती माया लगाउने जोडीहरु जस्तोसुकै बाधा अवरोधका साथ पनि आफ्नो मायालाई प्रगाढ बनाउनको लागि जोडतोडका साथ लागिरहेका हुन्छन् । हाम्रो जस्तो समाजमा माया लगाउनेहरुलाई जातले छेकेको हुन्छ, सामाजिक संस्कृतिले नै छेकेको हुन्छ । माया लगाउनेहरुलाई समाजमा नानाथरी कुरा काटी तिरस्कार र हेला गरिन्छ तै पनि मायामा यति शक्ति हुन्छ उनीहरुले आफ्नो मायामा कुनै आँच आउन दिदैनन् । जसले जति नै कुरा काटेनी पनि एक अर्काले विश्वास गरेका हुन्छन् । एक अर्काले विश्वास गरेर मायालाई विवाहमा पनि परिणत गरेका उदाहरण पनि थुप्रै छन् । जहाँ विश्वास हुदैन त्यहाँको माया पनि सफल पनि हुदैन त्यहाँ विछोड पनि हुने गर्दछ ।kiss-day-greetings-wallpapers

अहिले वास्तवमा जुन माया विवाहमा परिणत भयो त्यसलाई सफल मानिन्छ भने जुन माया विवाहमा परिणत हुन सकेन त्यसलाई विफल मान्ने गरिन्छ । कहिले काही त्यो मायामा बाधिएका जोडि जो एक अर्काविना बाच्नैसक्दैन त्यस्ता जोडीहरुलाई चाहेर पनि हाम्रो समाज , घरपरिवार हाम्रो ससस्कृतिले विवाहमा परिणत गराउन दिदैन उनीहरुलाई एक हुन दिदैन । जसका कारण उनीहरु आत्माहत्या वा एक अर्काको हत्या गर्न पछि पर्दैनन् जसका ज्वलन्त उदाहरण हुन् गल्कोटका डिक्सन मल्ल र सुसीला सहानीबीचको माया प्रेम त्यस्तै बलेवाकी अमृता विक र पाङका सर्वणकुमार श्रेष्ठ ,त्यस्तै धाईरिङकी एक युवती र म्याग्दीका एक युवक उनीहरु पारिवारिक कारण नै प्रेमलाई हत्या र आत्मा हत्यामा बदले ।

त्यस्तै जातले छेक्दा छेक्दै पनि माया बसीहाल्यो त के गर्ने – बलेवाकी माया नेपाली र अर्जुन सुवेदीबीच पनि नजानिदो तििरकाले माया बस्न पुग्यो तर जातीय र पारिवारिक कारणले उनीहरुको मायाले अहिले अदालतमा मुद्धा खेपिरहेको छ । यीनीहरु त एउटा उदाहरण मात्रै हुन् । हाम्रो देशमा यस्ता बाध्यता र विवसता त कति छन कति मानवले मानवलाई गर्ने माया पनि स्वतन्त्र छैन । कस्तो होला हाम्रो सस्कृति , एक अर्काका मन र तन मिलाउने अधिकार अरुको हुने ?माया प्रेम लगाएका कारण नै समाजबाट अपहेलना हुनुपर्ने समाजबाट निकाला हुनुपर्ने तिरस्कार सहनुपर्ने बाध्यता रहेका छन् ।Happy-Hug-Day-SMS

त्यस्तै अहिले मायालाई यौनसँग जोड्न थालिएको छ । मैले एउटा लेख पढेको थिए –मलाई मन पर्छ त कसरी नछोईकन बस्न सक्छु , मलाई मनै पर्दैन त कसरी छोइएर बस्न सक्छु ? त्यस्तै अर्को पनि लेखमा लेखिएको थियो – केटा यौनका लागि केटीलाई प्रेम गर्छ भने केटी प्रेम प्राप्त गर्न यौनका लागि तम्तयार हुन्छे । विज्ञानका अनुसार पुरुषको तुलनामा महिलाको मन अरुलाई छिटो विश्वास गर्ने हुन्छ । जसले गर्दा एउटा केटाले यौनका लागि आफ्नो मायाको आस्वासन देखाउन सक्छ तर त्यही कुरालाई एउटा केटी भरपूण विश्वास गरेर आफ्नो अस्तित्व गुमाउन पुग्छे र भोली अफ्ठारो स्थिति आएमा गल्ती दुवैको भए पनि केटा आफ्नो जिम्मेवार लिन आनाकानी गर्दछ जसले गर्दा केटी अलपत्र पर्ने उदाहरण पन िहाम्रो समाजमा थुप्रै रहेका छन् । अहिलेका धेरैजसो युवाहरुले प्रेमको नाटक एउटासँग गर्ने विवाह अर्कोसँग गर्नेैहरु पनि छन् यसको ज्वलन्त उदाहरण पोहोर सालको एउटा विवाहमा आफ्नो प्रियत्तम भन्दै प्रहरीमार्फत विवाह रोक्का गरिदिएको घट्ना पनि रहेको छ । मलाई लाग्छ यस्तो हुनुको कारण त असमझदारी र राम्रोसँग व्यवहार चिन्न नसक्दा पनि यस्तो हुन सक्छ ।

त्यसैले कसैलाई प्रस्ताव राख्नु छ भने उ कस्तो खालको मान्छे हो , उसले कस्तो खालको व्यवहार देखाउँछ ,आफुलाई कतिको सम्माना गर्दछ भन्नेजस्ता कुराहरुलाई राम्रोसँग केलाउनु जरुरी छ । केही समय पहिला माया लगाउने मायाको खबर पाउने माध्यम चिठी हुन्थ्यो भने अहिले विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाल फेसबुक, ट्वीटर,मोबाईल फोन , स्काईप आदि बनेका छन् । आजको दिन साच्चिकै माया गर्नको लागि नभएर केटीको चरित्र बुझ्नको लागि पनि झुक्याउनको लागि पनि प्रस्ताव राख्न सक्छन् ।

वा भनौ न युज एण्ड थ्रोको लागि पनि प्रस्ताव आउन सक्छन् । त्यसैले कसैले प्रस्ताव राख्यो भन्दैमा नबुझीकन प्रस्तावलाई स्वीकार गर्दा आफैलाई बेफाईदा पनि हुनसक्छ । बुझेर माया लगाउनुहोला वा प्रस्ताव स्वीकार गर्नुहोला जसले गर्दा माया , माया नै होस् कुनै धोका नहोस्, समाजको तिरस्कार नबनोस् ,अपहेलना सहन नपरोस्, अदालतमा मुद्धा चलाउनुपर्ने नहोस् ,माया आशु बनोस् । सदा सदा विश्वासमा चलेर जीवनलाई सफल बनाउने प्रयासमा लागोस् , मायाको अपराधी नबनोस् , बदनाम बनाउने कारण नबनोस् , सधैभरी खुशी राखोस् । अन्तत माया माय नै होस् अरु नहोस् ।

– म्याग्दी काली अनलाईनबाट