एमाले नेता रामनाथ ढकाललाई स्वाइन फ्लु

508 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Ramnath_Dhakal_722468982काठमाडौं : नेकपा एमालेका पोलिट्ब्युरो सदस्य रामनाथ ढकालालाई स्वाइन फ्लुको संक्रमण भएको छ । केही दिनदेखि रुघाखोकीले च्यापेपछि शुक्रबार आफैं कार हाँकेर उपचारका लागि पुगेका ढकालको स्वास्थ्य परीक्षणपछि धापासीस्थित ग्रान्डी अस्पतालका चिकित्सकले उनलाई स्वाइन फ्लु भएको पुष्टि गरेका हुन् ।
रुघाखोकीसँगै निमोनियाले समेत च्यापेपछि सिकिस्त भएका नेता ढकालको अहिले  ग्रान्डी अस्पतालकै इमरजेन्सी वार्डको आईसीयूमा राखेर उपचार भइरहेको छ । ग्रान्डी अस्पतालका चिकित्सकले नेता ढकालमा निमोनियासँगै स्वाइन फ्लु भएको पुष्टि गरेको अस्पताल प्रशासनले जनाएको छ ।
नेता ढकालको स्वास्थ्य अवस्थाबारेमा आइतबार बिहान जानकारी गराउने तयारी चिकित्सकहरुले गरेका छन् । एमाले नेता विष्णु रिमालले नेता ढकालको स्वास्थ्य अवस्था गम्भीर रहेको बताउँदै उनलाई उपचारका लागि दिल्ली लाने तयारी भइरहेको जानकारी दिए ।
नेता ढकालको स्वास्थ्य परीक्षण ग्रान्डी अस्पतालका चिकित्सक अर्जुन कार्कीले गरेका थिए । डा. कार्कीले स्वास्थ्य परीक्षण गरेपछि नेता ढकालमा स्वाइन फ्लुको पुष्टि भएको हो । ढकालको शरीरमा अक्सिजन र ह्वाइट ब्लड सेलको मात्रा अत्याधिक घटेको छ । उनलाई अहिले इमरजेन्सी वार्डको आईसीयूमा राखेर चिकित्कले अक्सिन दिइरहेका छन् ।
केही दिनअघिसम्म पाल्पासहितका जिल्लामा भएका एमालेको कार्यत्रममा सहभागी भएका ढकाल काठमााडौं फर्केलगत्तै उपचारका लागि शुक्रबार दिउँसो ३ बजे ग्रान्डी पुगेका थिए । क्षयरोगको समेत नियमित औषधि खाइरहेका ढकाल शनिबारै स्वास्थ्य परीक्षणका लागि दिल्लीस्थित मेदान्ता अस्पाल जाने तयारीमा थिए ।
नेता ढकाललाई निमोनियासँगै स्वाइन फ्लुको पनि संक्रमण भएपछि थप उपचारका लागि आइतबार एयर एम्बुलेन्सबाट दिल्ली लाने तयारी भएको छ । एयर एम्बुलेन्स आउने टुंगो भइसकेकाले आइतबार दिउँसो २ बजे उनलाई उपचारका लागि दिल्ली लान लागिएको हो  अन्नपूर्ण पोष्ट दैनिकले खबर लेखेको छ ।