पूर्व सचिव तथा अर्थशास्त्री डा चालिसेको निधन

457 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

bhola_chalise_1421738667काठमाडौँ, १ वैशाख । पूर्व सचिव तथा अर्थशास्त्री डा भोलानाथ चालिसेको बैशाख १ गते मंगलवार ६५ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि मिर्गौला तथा मधुमेह रोगका कारण पीडित चालिसेको मंगलवार बिहान उपचारको क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा निधन भएको हो ।

उहाँको मंगलवारनै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । २००८ असोजमा काठमाडौँ बौद्ध सिमलटारमा जन्मनु भएका चालिसेले राष्ट्रिय योजना आयोग, उद्योग, स्थानीय विकास मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

नेपाल वाणिज्य बैंकको अध्यक्ष र नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको समेत जिम्मेवारी सम्हाल्नुभएका चालिसेलाई उदारवादी अर्थतन्त्रको हिमायतीको रुपमा लिने गरिन्छ ।

प्राधिकरणको कार्यकारी निर्देशक भएर सुधारको काम सुरु गर्नुभएका चालिसेलाई हालसम्मकै सफल प्रमुखको रुपमा लिने गरिन्छ । स्वाभिमानी र निडर प्रशासकको रुपमा मानिनुहुने चालिसे आर्थिक समृद्धिका लागि निजी क्षेत्रलाई नै अगाडि बढाउनुपर्ने धारणा राख्नुहुन्थ्यो ।

उहाँले गत जनवरीमा मात्रै एसिया लिवर्टी फोरममा एसिया लिवर्टी च्याम्पियनका रुपमा सम्मान गरिएको थियो ।
उहाकोे श्रीमती र चार छोरा हुनुहुन्छ । उहाँलाई अन्तिम श्रद्धाञ्जलि दिन नेपाल सरकारका मुख्यसचिव लीलामणि पौड्याल, नेपाल सरकारका सचिव, सहपाठी पशुपति आर्यघाट पुग्नुभएको थियो ।