जिवनपुर र छत्रेदेउरालीमा ईजरायली राजदूत र सभासद

832 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

downloadछत्रेदेउराली– भुकम्पले अति प्रभाव पारेको दक्षिणी धादिङको छत्रेदेउराली र जिवनपुर गाविसको पुर्न निर्माण तथा यस क्षेत्रमा कृषिको व्यवसायिक विकासका लागि इजरायल सरकारले सहयोग गर्न चासो देखाएको छ ।
सभासद एवम पुर्वमन्त्री राजेन्द्र पाण्डे र सुरेन्द्र पाण्डेको आग्रहमा इजरायली राजदुतले जेठ ५ गते मंगलवार भुकम्पले अति प्रभावित पारेको जिवनपुर र छत्रेदेउराली गाविसको अवलोकन गरी दुवै गाविसमा भएको जनधनको क्षती प्रति राजदुतले दुःख व्यक्त गर्नु भएको थियो । राजदुतका साथमा धादिङ क्षेत्र नम्बर ३ का सभासद एव पुर्व मन्त्री राजेन्द्र पाण्डे र सभासद एवम पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पनि पिडितहरुलाई भेटी यस क्षेत्रको पसर्न निर्माणका लागि गरिनुपर्ने कार्यहरुका वारेमा गाउंवासीहरुसंग साक्षात्कार गर्नु भएको थियो ।
download (2)महाभुकम्पले तहस नहस पारेको जिल्लाका अधिकांश वस्तिमा पसर्न निर्माणमा सहयोग गर्नु पर्ने भएपनि आंफुहरु एक्लैले सवै ठाउंमा एकै साथ काम गर्न असम्भव भएकाले कम्तिमा दुईवटा गाविसलाई नयाँ ढंगवाट अघि बढाउन सहयोग गर्न तयार रहेको इजरायली राजदुतले वताउनु भएको थियो । पिडितहरुको पिडामा मल्हम लगाउन गाउं आईपुगेको सभासद एवम राजदुतलाई गाउंवासीले खुल्ला हृदयका साथ स्वागत गरेका थिए ।