अहिले सम्म मेरो मन कसैसँग सरेको छैन् – गायिका संग्रौला

258 पटक पढिएको

प्रकाशित मिति: ३० जेष्ठ २०७२, शनिबार ०७:२४

सम्पादक: Dhading News

sima sangrula

धरान ४ मा जन्मेर पाँच बर्ष देखी सांगीतीक यात्रामा लागेकी गायिका सिमा संग्रौलालाई कतारका दर्शकहरुले रुचाए । उनको पहिलो एल्बम ‘नोट’ ले राम्रै बजार लिएको थियो भने उनले गाएका ‘लुकाउन सक्दीन’ , ‘के नै रुनु छ ’, ‘ दियो जल्दै छ साँझमा ’, ‘तिमी मेरो चन्द्रमा जुनेली रातको ’, ‘तस्विर हेरेर मध्यरातमा ’ बोलका गितले राम्रै चिनायो । उनलाई फरक प्रवृती र  फरक शैलीकी गायिका भनेर पनी चिनिन्छ । उनको भर्खर ‘यु वान’ डान्स नामक म्युजिक भिडियो बजारमा आएको छ । तीन बर्ष ईजरायल बसेर र्फकेपछी सांगीतीक यात्राको तय गरेकी उनै संग्रौलासँग गरेको कुराकानी :

तपाईको सांगीतीक यात्रा कसरी शुरु भयो ?
– सानै देखी गायन क्षेत्रमा रुची थियो । गीत गाउने गर्थे । संगीतको क्षेत्रमा केही गर्न सकिन्छ जस्तो लागेको थियो । म पेशागत ढङ्गले नै यस क्षेत्रमा लाग्छु भन्ने योजना चाहीँ थिए । तथापी बि.स. २०६७ मा एल्बम निकाले । दर्शक तथा श्रोताहरुको राम्रै प्रतिक्रिया पाएपछी यस क्षेत्रको यात्रा शुरु भएको अनुभुती मिल्यो । पेशागत रुपमा नै अब यस क्षेत्रमा लाग्नेछु ।

गायन क्षेत्रमा लागेर खुसी हुनुहुन्छ ? कस्ता खाले संगितमा बढी रुची राख्नुहुन्छ ?
– गीत गाउनु मात्रै ठुलो कुरा हैन । संगितमा डुबेर गीत गाउनुपर्छ । संगितलाई राम्रोसँग बुझेर अगाडी बढ्न सकियो भने गायन क्षेत्रले अवस्थ्य खुसी दिन्छ । यस क्षेत्रबाट म एकदम नै खुसी छु । खुसी मिलेको छ । म प्रायः सबै खाले गीत गाउने गर्छु । सबै खाले गीत मन पर्छ । धरानमा जन्मेको भएकाले होला विशेष गरी पप गीत गाउन अत्याधिक रुचाउछु । धेरै जनाले पप गायिका नै भनेर पनी चिन्नुहुन्छ ।

तिन बर्ष बिदेश बसेर फर्के पछी सांगीतीक क्षेत्रमा लाग्नुभयो । किन ? त्यो भन्दा पहिले के गर्नुहुन्थ्यो ?
– जिन्दगीमा हरेक कुराको अनुभव लिन जरुरी हुन्छ । त्यही नयाँ अनुभवका लागी म ईजराईल गएकी हुँ ।  त्यहाँ मेरो ३ बर्ष बित्यो । मैले त्यहाँबाट धेरै कुरा सिक्ने अवसर पाए । जिन्दगीको खाली पानामा केही रंगिन दृश्यहरु कोर्ने अवसर मिल्यो । कामको अनुभव गर्ने आवसर मिल्यो । त्यो भन्दा पहिले म कलेज पढ्दै थिए । संगित प्रती रुची पहिले बाट नै थियो तर यसै क्षेत्रमा यसरी लाग्छु जस्तो लागेको थिएन । ईजराईमा हुने कार्यक्रमहरुमा सहभागी हुने मौका मिल्यो । त्यसपछी नेपाल र्फकेर यस क्षेत्रमा केही राम्रो गर्ने सोच बन्यो । अन्य त्यस्तो कारण चाहीँ केही छैन । ईजराईल जानु भन्दा पहिले अध्ययनरत थिए ।

तपाईलाई अलि फरक किसिमकी गायिका भनेर चिनिन्छ । खुसी हुनुहुन्छ ?
– फरक शैलीकी गायिका भन्नुहुन्छ । अरु भन्दा फरक छ भन्नु स्वभाविक नै हो । सबै मानिस एकैनासका हुनै सक्दैनन् । राम्रै लाग्छ । राम्रो दृष्टिकोणले फरक छ भन्नुहुन्छ भने खुसी नहुने कुरै भएननी ।

तपाईको पहिलो एल्बम ‘नोट’ ले राम्रै माया पायो । आगामी दिनमा यस क्षेत्रमा तपाईको योजना के छ ?
– भाग्यमानी ठान्छु मेरो पहिलो ‘नोट’ ले दर्शक तथा श्रोताहरुको  राम्रै साथ पाएको छ । मेरो मेहनतको कदर भएको महशुस गरेकी छु । आगामी दिनमा अझै राम्रो संगित पस्किने जमर्को गर्ने छु । संगितमा केही राम्रो गरौ भनेर लागगिरहेकी छु । यस क्षेत्रमा निरन्तरता जरुरी छ । भोलीका दिनमा यसै क्षेत्रमा निरन्तर काम गर्ने सोच छ ।

तपाईको यात्रालाई तारिफ गर्ने र गाली गर्नेहरुका लागी के भन्नुहुन्छ ?
– हरेक यात्रा तय गर्नु भन्दा पहिले त्यसका सहजता र जटिलतालाई राम्रोसँग केलाउन जरुरी हुन्छ । यात्राका क्रममा तारिफ गर्नेहरुलाई भन्दा गाली गर्नेहरुलाई धेरै धन्यवाद दिन चाहान्छु । तारिफले काम गर्ने हौसला मिल्छ भने गालीले सहि मार्ग हिड्ने बाटो तय गर्छ । त्यसैले जिवनमा ताली र गालीको उत्तिकै महत्व रहेको हुन्छ जस्तो लाग्छ ।

गायन क्षेत्र बाहेक अरु केही सोच्नुभएको छ ? यहाँसम्म आउने प्रेरणा कसरी मिल्यो ?
– अहिले सम्म यस क्षेत्र बाहेक अन्य सोचेको छैन । बिस्तारै सोच्नुपर्ला । यस क्षेत्रमा लागेर यहाँसम्म आईपुग्नका लागी बुबाको धेरै सहयोग मिलेको छ । मेरो प्रेरणको स्रोत उहाँ नै हो ।

नेपाली नयाँ बर्ष धमाकाका लागी कतार हुनुहुन्छ । कार्यक्रम कस्तो भयो ?
– नयाँ बर्ष २०७२ सालको अवसरमा कतारमा आयोजना भएको नवबर्ष धमाका कार्यक्रमका लागी हामी नेपालबाट डेड दर्जन कलाकारहरु आएका हौ । साच्चै कतारमा धमाका नै भयो । कार्यक्रममा  दर्शकहरुको उपस्थिती अनी कलाकारहरुको प्रस्तुती निकै नै थियो । कार्यक्रम सफल भयो । सोचे भन्दा धेरै राम्रो भयो ।

प्रवासका दर्शकहरुले तपाईलाई मन पराए । कार्यक्रम भव्य रुपमा सफल भयो । कत्तिको खुसी हुनुहुन्छ ?
– विदेशमा आएर प्रवासी नेपालीहरुसँग नयाँ बर्ष मनाउने अवसर जुट्यो खुसी नै छु । कार्यक्रममा प्रस्तुती गरिरहदा नेपालमा नै भएको महशुस गर्न सकिन्थ्यो । यहाँ कार्यरत नेपालीहरु साच्चीकै नेपाली कला र कलाकारहरुलाई औधी माया गर्नुहुदो रहेछ । त्यो उहाँहरुको उपस्थितीले जनाउछ । दिन धल्दै थियो दर्शकहरुको उपस्थिती पनी बाक्लिदै थियो । उपस्थित दर्शकहरु एक छिन नबसी मनोरन्जन लिनु भयो असाध्यै रमाईलो लाग्यो । यती धेरै साथ पाए यो साथ सधै भरी यसरी नै कायम रहने छ भन्ने अपेक्षा पनी गरेकी छु ।

गीतमा जस्तै कतारमा  एक्लो रातमा सुस्तरी त्यो मन कसैसँग सरेकै हो त ?
– त्यस्तो अहिले सम्म सरिसकेको छैन । गीत गाउने बेलामा त्यो महशुस हुनु अती आवश्यक छ । त्यहाँको वातावरण र मैले गाएको गित उस्तै उस्तै थियो । साझँमा आयोजना भएको कार्यक्रम हो । मैले गाएका यि दुई गीतले बस्तुस्थितीसँग मेल खान्थे । मेरो मन पक्कै पनि  दर्शकहरु तिर सरेको हो । त्यो रातमा म एक्ले स्टेजमा थिए तर हजारौ दर्शकहरु मेरो साथमा हुनुहुन्थ्यो । उहाँहरुको मायाले मेरो मन सुस्तरी त्यतै तिर सरेको भने पक्कै हो । हातमा माईक परेपछी मैले पनी दर्शकहरुलाई माया दर्शाउनै पर्ने हुन्छ । गितमा केही बास्तविकता पनी हुन्छ तर मेरो मन दर्शकहरु बाहेक अरुसँग भने पक्कै सरेको छैन ।

स्वरसँगै तपाईलाई मन पराउने धेरै होलान । कतारमा तपाईले मन पराउने कोही भेट्नु भएन ?
– मन पराउने हजार हुन्छन तर अहिले सम्म मन पराउँछु भनेर भन्ने आट कसैले गरेनन् । दर्शकहरुले मन पराईदिनु भयो तर अन्यले मन पराए वा पराएनन पत्तै भएन । कार्यक्रममा व्यस्थ भईयो । कार्यक्रम सकिए लगत्तै नेपाल र्फकने तर्खर । मैले पनी खासै मन पराउने मान्छे चाँही भेटिन् ।

महिला कलाकारहरु कार्यक्रमका लागी विदेश सम्म पुग्दा कत्तिको असहज महशुस गर्नुहुन्छ ?
– भाग्यवस  अहिले सम्म मलाई त्यस्तो असहज भएको छैन । कहीँ कतै सुन्ने गरिन्थ्यो तर आफुलाई नपरेपछी त्यसको बारेमा त्यती जानकारी नहुने रहेछ । सबैको सहकार्य र सहयोगले अहिले सम्म त्यस्तो असहज महशुस गर्नु परेको छैन । आफु पनी सबै कुरामा सचेत हुन जरुरी छ । महिलाहरुले पनी धेरै गरेका छन र गर्न सक्छन । महिलालाई त्यत्ती कमजोर पनी ठान्नुहुदैन ।

विदेशको कार्यक्रममा तपाईको अनुभव कस्तो रह्यो ?
– विदेशको कार्यक्रमका लागी कतार मेरो पहिलो भ्रमण हो । साच्चै सबैले  धेरै राम्रो व्यवहार गर्नुभयो अत्यन्तै राम्रो अनुभव मिल्यो । कतारमा धेरै नेपालीहरु हुनुहुदो रहेछ । नेपालीपन जहाँ गएपनी त्यस्तै सहयोगी र मायालु हुने रहेछ । विदेशमा बस्ने नेपालीहरुमा पनी त्यो कुरा पाएँ । अत्यन्तै नौलो अनुभव बटुलेर नेपाल र्फकदैछु ।

अविवाहित महिला कलाकारहरुलाई यस क्षेत्रमा जम्म साह्रै गाह्रो हुन्छ भन्छन , अरुका गिद्धे नजरबाट जोगिनु भएको छ त ?
– सबै कलाकारहरु एकै नास हुदैनन् । केही नियतीले पनी त्यस अवस्थामा फस्न सक्छन । तर आफुलाई कसैले नराम्रो दृष्टिकोणले हेर्छ भने त्यसको विरुद्धमा खडा हुने क्षमता राख्नुपर्छ । आज सम्म कसैले हिम्मत गरेको छैन । भोलीका दिनमा पनी त्यस्ता व्यक्तिहरुबाट जोगिने छु । त्यस्को विरुद्धमा खडा रहने आट राख्नेछु । आफु बिना पनी भर पर्ने कुरा हो । हामी कलाकारहरु आफ्नो स्थानमा बस्न जरुरी छ । हल्का भईयो भने जसले पनी हेप्न सक्छ । हामी हेपिनु हुदैन । आफ्नो अस्तित्व जोगाउन आफै त्यस क्षेत्रमा सवल हुन जरुरी छ ।

जिवन साथी बारे के सोच्दै हुनुहुन्छ ? कसैको माया जालमा पर्नु भएको त छैन ? माया प्रेमबारे तपाईको धारण र अनुभव बताईदिनुस न ?
– जिवन साथी रोज्ने कुरालाई हतार गर्नुहुदैन । अहिले सम्म सोचेको छैन । समय आउनुपर्छ । समय आएपछी तपाईहरुलाई अवस्य भन्नेछु । आफुसँग मिल्ने खालको मान्छे आउनु पर्छ । त्यो सबै सोचेको जस्तो सजिलो छैन । मायाजालमा अझसम्म कसैले फसाउन सकेको छैन । माया प्रेम भनेको सृष्टिको नियम हो । हरेक मानिसमा हुने प्राकृतिक बरदान हो । प्रेम आफैमा नराम्रो चिज हैन । माया र प्रेममा नै त संसार अडिएको छ । घर परिवारको माया , दर्शक श्रोताहरुको मायाको राम्रै अनुभव छ ।

 कतार कस्तो लाग्यो ? विदेशका कार्यक्रमहरुमा कत्तिको अफर आउने गर्छ ?
– म रोजगारीको शिलशिलामा ईजराईल गएको हो । कार्यक्रमका लागी पहिलो पटक कतार आएकी हुँ । कतार खाडी मुलुक भएपनी एक धनी राष्ट्र हो । यहाँका महलहरु देख्दा यसलाई खाडी जस्तो देखिदैन । यहाँको विकासले तिव्र गती लिदै रहेछ । नेपालीहरुको श्रम र पसिनाले बन्दै गरेको कतारको माया पनी लाग्दो रहेछ । यहाँ एकदम रमाईलो रहेछ । विदेशमा हुने कार्यक्रममा बोलाईरहनुहुन्छ । केही समय अस्वस्थताका कारण बोलाएको देशमा पुग्न सकिन । अव छिट्टै नै सांगीतीक कार्यक्रमका लागी कुबेत  जादैछु । त्यसपछी जापान र कोरिया जान्छु होला ।

कतारमा कार्यरत संगितप्रेमी दर्शहरुलाई के भन्न चाहानुहुन्छ ?
– कतारका संगीतप्रेमी दर्शकहरु प्रती अत्यन्तै आभारी छु । कामको शिलशिलामा विदेशमा रहेर पनी नेपाली कला र सँस्कृतिको त्यतीकै माया गर्नुहुदो रहेछ । आफ्नो कामसँगसँगै संगितलाई पनी समय निकाल्नु भएको छ । यसरी नै जो जहाँ जस्तो अवस्थामा रहेपनी नेपाललाई माया गरिदिनुहोला । नेपाली कला र सँस्कृतीको जर्गेना गरिदिनुहोला । नेपाली कलाकारहरुलाई माया गरिदिनुहोला अनी सम्झिदिनु होला भन्न चाहान्छु ।

अन्तमा ,
– मैले यहाँहरु माझ भर्खर यु वान डान्स भन्ने भिडियो बजारमा लिएर आएकी छु । यहाँहरुको मायाको अपेक्षा गर्दै मेरा कुरा राख्ने अवसर दिनु भएकोमा हृदय देखिनै धन्यवाद दिन चाहान्छु ।

-ईमेज नेपाल न्यूज


धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

३० जेष्ठ २०७२, शनिबार ०७:२४ मा प्रकाशित

समाचार

सबै

स्कुटर चोरेर बिक्री गर्ने चार जना धादिङबाट पक्राउ

धादिङ,२९ कात्तिक । स्कुटर चोरी  गरि बिक्री गर्ने कार्यमा संलग्न रहेका चार जना लाई धादिङ प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । स्कुटर चोरी गर्ने तथा चोरीका स्कुटर किन्ने कार्यमा संलग्न रहेको अभियोगमा.....

Vacancy Announcement

Published Date:  25 Kartik  2076 Dhading Chamber of Commerce and Industry and Mott MacDonald  has been  implementing a DFID-funded Post-earthquake recovery project (Purnima) in Dhading Districts. The program aims to create long-term positive change in the lives of people in.....

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र.....

बूढीगण्डकी आयोजनाले बाँड्यो २७ अर्ब ८० करोड मुआब्जा

धादिङ-बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण.....

रणबहादुर शाही सहित तीन जना कारागार चलान

धादिङ–विभिन्न अभियोगमा अदालतले सजायँका लागि फैसला गरेपनि फरार रहँदै आएका प्रतिवादी पक्राउ अभियानलाई जिल्ला.....

Categories