डिएसपी द्वारा प्रहरी जवान बलात्कृत

421 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–असार १४,बालिका र किशोरी बलात्कार भएका घटना त प्रायः दैनिक नै संचार माध्यममा आउने गरेका छन् । आजको साँघु साप्ताहिकमा खबर छ पुरुषले महिलालाई बलात्कार गरेको घटनामात्र प्रकाशमा आउने गरेका छन् । तर, पुरुषबाट पुरुष नै बलात्कारको सिकार भएको घटनाले महानगरीय ट्राफिक प्रहरी महाशाखाभित्र निक्कै चर्चा पाएको छ । घटना २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प गएको केही दिनपछिको हो ।

महाशाखामा भर्खरै सरुवा भउका तराईका आदिवासी समुदायका एक प्रहरी जवान राती ९ बजे मुद्दा शाखामैं एक डिएसपीको बलात्कारको शिकार भएका हुन् ।

स्रोतका अनुसार मदिराले मदहोस् भएका ती डिएसपीले ती सिपाहीलाई आधा घण्टासम्म समलैंगिक बलात्कार गरेको खुल्न आएको छ ।

मदिरामा लठ्ठ भएका आफ्नै पुरुष हाकिमको बलात्कारको सिकार भएका ती जवानले महाशाखा प्रमुख सुवेदार मेजेर धमेन्द्र रावलसँग रुँदै गुनासो गरेका हुन् ।

हाकिमले मदिराको नसामा बलात्कार गर्दा मलद्धारमा घाउ नै भएको उनले बिलौना गरेका छन् ।यो घटना महाशाखाका प्रमुख डिआइजी जयबहादुर चन्दसमक्ष नपुगी ढिसमिस पारिएको गुनासो छ ।