भूकम्प पीडितलाई पानी छान्ने मेसिन ‘आकाशको फल आँखा तरी मर’ जस्तो

669 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,  – धादिङको उत्तरी क्षेत्र लापा झार्लाङ लगायतका गाविसमा भूकम्पले बस्नै नहुनेगरी क्षति पु¥याएको छ । घरमाथिबाट ठूला ढुंगा सहितको पहिरो खस्ने र तलबाट पनि पहिरो बग्ने भएपछि त्यहाँका स्थानीयबासिन्दा सदरमुकाम धादिङबेशी नजिकैको पाखामा बस्न थालेका छन् ।

???????????????????????????????विभिन्न गाउँबाट विस्थापित भएका १ सय ४७ परिवारलाई पालमुनी बस्ने व्यवस्था मिलाइएको छ । वर्षा लागेको  र लामो समयको पालमुनिको बसाइका कारण पीडितहरुमा रुघाखोकी, ज्वरो र सहित घाउखटिराले सताउन थालेको छ । बिरामी हुनुको एउटा मुख्य कारण दुषित खानेपानी पनि हो । धनसार पाखा नजिकै पानीका मुहान नभएकाले भूकम्प प्रभावितहरु नजिकैको खोलाको पानी पिउन बाध्य छन् । वर्षा लागिसकेकाले खोलाको पानी निकै धमिलो छ । तर यही पानी पिउनुपर्ने बाध्यता छ उज्यालो अनलाइनमा समाचार छ ।

अस्थायी शिविरमा खानेपानीको समस्या भएपछि वाटर मिसन नामको संस्थाले पानी छान्ने आधुनिक प्रविधी सहितको फिल्टर मेसिन ल्याइदियो । तर बडेमानको मेसिन कसरी चलाउने भन्ने कुरा चाहिँ सिकाइदिएन  । राम्रोसँग मेसिनको प्रयोग गर्न जान्ने हो भने यसले जस्तोसुकै फोहोर पानी पानि खानयोग्य बनाउन सकिन्छ  । तर सडकमा गुड्ने ट्याक्टर सम्म नदेखेका प्रभावितले मेसिन चलाउन जानेनन् ।  उनीहरुका लागि पानी छान्ने मेसिन ‘आकासको फल आँखातरी मर’ भनेजस्तै भयो ।

एकातिर प्रभावितले खोलाको धमिलो पानी पिउनुपर्ने बाध्यता, अर्कोतिर अत्याधुनिक फिल्टर मेसिन त्यसै अलपत्र भएपछि धनसारपाखाका स्थानीय पुष्पराज दुवाडीले अनुमानका आधारमा मेसिन चलाइदिनुभयो । तर उहाँले मेसिन राम्रोसँग चलाउनुभएको छ कि छैन अहिलेसम्म न त वाटर मिसनले थाहा पाएको छ न त प्रभावितले नै । ‘फिल्टरबाट आएपछि रामै्र त होला भनेर पानी खाएका छौं, तर वास्तवमै सफा  हो होइन हामीलाई थाहा छैन’ शिविरमा बस्दै आएका जीवन तामाङ्गले भन्नुभयो, ‘यति ठूलो मेसिन दिएपछि त चलाउने तरिका पनि सिकाइदिएको भए हामीले फोहोर पानी पिउनु त पर्दैनथ्यो ।’

भूकम्प पीडितलाई स्वच्छ खानेपानीको लागि दिइएको मेसिन नै चलाउन नजान्ने समस्या एकातिर छ भने अर्कोतिर मेसिन चलाउन चाहिने डिजल किन्न समस्या परेको छ । मेसिनमा दैनिक ८ लिटर डिजेल चाहिन्छ, तर तर प्रभावितहरुसँग त्यसको लागि पैसा छैन । डिजलको लागि प्रभावितहरुले जिल्ला विकास समिती, नेपाल रेडक्रस सोसाइटी धादिङ शाखामा हारगुहार गरेपनि सुनुवाई हुन सकेको छैन ।

धनसारपाखामा बसेका प्रभावितलाई केही दिनसम्म नेपाल रेडक्रस सोसाइटीले ट्याङकरबाट खानेपानी वितरण गर्यो । तर टाढाबाट पानी ल्याउनुपर्ने कारण दैनिक १० हजार रुपैंयाभन्दा बढि खर्च हुने भएकाले रेडक्रसले पनि पानी वितरण गर्न छाडेको छ । त्यसैले भूकम्प पीडितहरु जोखिम मोलेर फोहोर पानी पिउन बाध्य छन् ।