एमाले गोरखाको अध्यक्षमा गुरुङ

469 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गोरखा, असोज । नेकपा (एमाले) जिल्ला कमिटी गोरखाको अध्यक्षमा प्रेम गुरुङ निर्वाचित हुनुभएको छ ।

कार्यबाहक अध्यक्ष विश्वेश्वर कट्टेललाई ३८ मतले पछि पार्दै गुरुङ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

छैटौँ जिल्ला अधिवेशनपछि आयोजित पहिलो जिल्ला प्रतिनिधि परिषद्को बैठकले गुरुङलाई निर्वाचित गरेको हो । उपाध्यक्षमा यादव बस्नेत, उपसचिवमा बुद्धि दवाडी निर्वाचित हुनुभएको छ ।

यसअघिका अध्यक्ष रामशरण बस्नेत हालै वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भएपछि अध्यक्ष पद खाली थियो ।