फ्याक्सेमा बचत सम्बन्धि तालिम

818 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

खाल्टे/ धादिङको खाल्टे गाँउ विकास समितिमा रहेको सानाकिसान कृषि सहकारी संस्था लिमिटेडलाई सबलीकरण गर्ने उदेश्यले खाल्टेको फ्याक्सेमा बचत सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ ।
एक्सन नेपाल र वल्र्ड भिजनको साझेदारीमा संचालित भूकम्प प्रतिकार्य परियोजना (जीविकोपार्जन) कार्यक्रम अन्तर्गत संचालन भईरहेको विभिन्न क्रियाकलाप अन्तर्गत सहकारी संस्थाहरुलाई बचत सम्बन्धि तालिम दिइएको हो ।DSC03781
तालिममा सहकारिता केहो ? सहकारी संस्था के हो ? सहकारी किन चाहिन्छ ? सहकारीका अन्तर्रास्ट्रिय मूल्यहरु, सहकारीका ७ सिद्धान्तहरु, सहकारी संस्थाका सदस्यहरुले जान्नुपर्ने कुराहरु, सहकारी संस्थाका सदस्यहरुको भूमिका कस्तो हुन्छ ? विमा (पशु विमा) के हो ? आदिका बारेमा दामोदर इटनीले सहजिकरण गर्नुभएको थियो । त्यस्तै बचत के हो ? बचत कसरी गर्न सकिन्छ ? बचत किन आवश्यक छ ? बचत कहाँ कहाँ र कहिले कहिले गर्न सकिन्छ ? कति बचत गर्न सकिन्छ ? बचतले केमा प्रभाव पार्छ ? बचतको कसरी प्रयोग गर्न सकिन्छ ? विमा के हो ? आदि बचत तथा विमासँग सम्बन्धित विषयवस्तुमा रहि धर्मराज थपलियाले सहजिकरण गर्नु भएको थियो । सहभागिहरुले तालिम पश्चात सहकारी ऐन नियम बुझी बचत गर्ने, आम्दानी बढाउने र खर्च घटाउने जस्ता कुरामा आफू विश्वस्त रहेको प्रशिक्षक धर्मराज थपलियाले बताउनुभयो ।