बचतकर्ताको ३ करोड लिएर फरार जनकल्याण सहकारीका सञ्चालक पक्राउ

852 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Ram-prashad-Shahबीरगंज, ४ चैत-बचतकर्ताको ३ करोड रुपैया“ भन्दा बढी रकम लिएर फरार भएका सहकारी सञ्चालकलाई प्रहरीले पक्राउ गरपछि पैसा पाउने कुरामा बचतकर्ताहरु आशावादी भएका छन । बचतकर्ताको रकम लिएर फरार रहेका वीरगन्ज उपमहानगरपालिका–१९ नगवा स्थित जनकल्याण ऋण तथा सहकारी संस्थाका अध्यक्ष श्याम भनिने रामप्रसाद साहलाई बुधबार प्रहरीले हो । सहकारीको अध्यक्ष फरार भएयता चिन्ताले २ जना बचतकर्ताको मृत्यु समेत भइसकेको छ । बिहीबार सार्वजनिक गर्ने क्रममा प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले भारत भाग्दै गरेका साहलाई विशेष सुराकीको आधारमा रातको ११ बजे नियन्त्रणमा लिएको बताए ।
दैनिक खर्च कटौती गरी सहकारीमा बचत गरेको रकम लिएर सञ्चालक फरार भएपछि बचतकर्ता बिचल्लीमा परेका थिए । साहलाई जिल्ला अदालतमा थप म्यादका लागि विशेष सुरक्षामा लगिएको थियो । ‘हालसम्म ३ करोड रुपैया“ भन्दा बढी रकम सहकारीमा बचत रहेको उजुरी आइसकेको छ,’ पत्रकार सम्मेलनमा एसपी श्रेष्ठले भने, ‘ठगी रकम क–कसले खाएका छन्, अनुसन्धान हु“दै छ ।’ प्रहरी नायव उपरीक्षक होमिन्द्र बोगटीले ठगिएका बचतकर्ताको उजुरी लिने क्रम जारी रहेको बतँए ।
संस्थाका प्रमुख संचालक रामप्रसाद साहले उपभोक्ताको लाखौ रुपैया लिएर फरार भएको भन्दै संस्थाका सदस्यहरुले उनी बिरुद्ध ९ फागुनमा जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी गरेका थिए ।

साह पक्राउ परेपछि सहकारीमा पैसा जम्मा गरेका बचतकर्ताहरु आफनो आफनो पासबुक लिएर जिल्ला प्रहरी कार्यालयमा जम्मा भएका छन । छोरीको बिहेको सपना साचेर राखेको २ लाख ५० हजार रुपैया फिर्ता पाइन्छ की पाइदैन सर भन्दै बीरगंज नगवा १९ की सायरा खातुनले युनिफर्म लगाएका प्रहरीलाई सोध्दै थिइन । प्रहरीले उनको कुरामा वास्ता गरेनन । उनको अनुहारमा आफनो मनको जिज्ञासा मेटने हुटहुटी थियो तर भनले आशा गरे जस्तो जवाफ कसैले दिएका थिएनन । ठुलो संख्यामा रहेका शेयर सदस्यहरुमा आफनो पैसा कसरी पाउन सकिन्छ भन्ने जिज्ञासाको भारी थियो बिसाउने ठाउ भने अनिश्चित । शेयर सदस्यहरुको भिडबाटै कसैले अव अदालतले जेल हाल्छ पैसा पाइदैन भन्थे यस्तो तर्क सुन्ना साथ धेरैको अनुहार मलिन हुन्थ्यो । कसैले अदालतले बिगो बमोजीमको धरौटी र जरिवाना पनि लिन्छ त्यसबाट बचतकर्ताहरुले पैसा पाउछन भन्ने तर्क गर्थे । यस्तो तर्क सुन्दा अनुहारमा आशाको संचार भएको देखिन्थ्यो ।

jilla ma bhid

जिल्ला प्रहरी कार्यालय पर्सामा बचतकर्ताहरुको भिड

बीरगंज नगवाका मुन्ना मियाले १० वर्ष लगाएर कमाएको पैसा त्यहीस् सहकारीमा राखेका थिए । छोरीको विवाहकालागि मद्धत हुन्छ भनेर ५० हजार रुपैया मुद्धती खातामा राखेको थिए उनले भने “मेरो छोरा मुटुको रोगी छ उसको उपचारमा पैसा चाहिन्छ भनेर ३ लाख ५० हजार रुपैया जम्मा गरेको थिए पैसा पाउने कुराको टुङगो नहुदा म त मरुकी जस्तो पो भएको थियो ” ।

घर घरमा गएर भाँडा माझेर साँचेको रकम सम्झिदै गर्दा जरिना खातुनको गला अवरुद्ध भएको थियो । उच्च रक्तचापको बिरामी खातुनले कसैगरि आफूले परिश्रम गरेर कमाएको पैसा फिर्ता पाउन पाए हुन्थ्यो भनिन ।

यसअघि नगवामै दुई वर्ष अघि जय श्री लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक फरार भएपछि करिब ९ सय बचतकर्ता बिलखबन्दमा परेका छन् । तरकारी बिक्रेता, रिक्सा चालक, दैनिक ज्यालादारीमा काम गर्ने देखि लिएर व्यापारी समेतले गरी करिब ५ करोड रुपैया“ बचत गरेका थिए ।