धादिङ न्यूज डट कमको कार्यकारी निर्देशकमा वाईबा

697 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

12729206_1147442171940690_8799297108199034421_nधादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कमको कार्यकारी निर्देशकमा धादिङ नलाङका बुद्धिमान वाईवा नियुक्त हुनु भएको छ । धादिङमा २०६४ सालबाट प्रकाशन शुरु भएको नेत्रावती साप्ताहिक पत्रिकाको सह सम्पादक एवम तामाङ भाषाको समाचार पृष्ठ संयोजक भएर धादिङ जिल्लाको पत्रकारितामा प्रवेश गनुभएका वाईबा धादिङ न्यूज डट कम सञ्चालनमा आए देखिनै अनलाइनको वेभ पेज कोअर्डिनेटर तथा प्रवास संयोजक पदमा कार्यरत हुनुहुन्थ्यो ।
छापा पत्रकारिता संगै वाइबाले धादिङ जिल्लाबाट सञ्चालित रेडियो धादिङको स्थापना काल देखि चार बर्ष सम्म तामाङ भाषाको समाचार सम्पादक एवम समाचार तथा कार्यक्रम प्रस्तोताका रुपमा काम गर्नु भएको थियो । रेडियो धादिङ पछि केही समय जिल्लाकै अर्को सामुदायिक एफ एम रेडियो विहानीमा पनि वाईबाले काम गर्नु भएको थियो । पछिल्लो समय टिटिभिको धादिङ समाचारदाताका रुपमा पनि काम गर्नुभएका वाईबा जिल्लाबाट प्रकाशित तामाङ भाषाको मासिक पत्रिका तामाङ न्हेनको प्रधान सम्पादक समेत भईसक्नु भएको छ ।
सञ्चार प्रविधिका बिषयमा निकै चासो र रुची राख्नु हुने वाईबाले धादिङ न्यूज सञ्चालनमा आउनु अघि नेत्रावती अनलाइनको वर्ड प्रेसमा व्लग तयार पारेर जिल्लामा अनलाइन पत्रकारिताको सम्भावनाको वाटो देखाउनु भएको थियो । ग्रामीण समुदायमा अनलाइन पत्रकारिताको प्रभाव सम्वन्धि तीन महिने अन्र्तराष्ट्रिय तालिम समेत लिनु भएका वाईबा दुई बर्ष देखि अमेरिकामा हुनुहुन्छ । विदेशमा रहेपनि धादिङ न्यूज अनलाइनको प्रवास संयोजक भएर धादिङ जिल्लालाई संसारभर चिनाउन सक्रिय रहनु भएका वाईबालाई धादिङ न्यूज डट कम सञ्चालक संस्था नेत्रावती मिडिया प्रा.लि.को स्ञचालक समितिले २०७२ चैत १५ गते सोमबार देखि लागु हुने गरी अनलाइनको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो । पत्रकारिता संगै साहित्यिक फांटमा पनि निकै सक्रिय रहनु भएका वाईबा साहित्यिक क्षेत्रमा विनय लामाको नामले पनि चिनिनुहुन्छ । पत्रकारिता संगै वाइबाको रुची गित संगितमा पनि रहेको छ । तामाङ समुदायको लोकप्रिय गित तथा नृत्य म्हेन्दोमायालाई समेटेर उहाँले गिति एल्वम समेत निकाल्नु भएको छ भने एक दर्जन भन्दा बढि म्युजिक भिडियोमा पनि अभिनय गर्नुभएको छ । यसै गरी तामाङ भाषाको चलचित्र म्हेन्दोमाया , सेम्दी डोम्बो र ल्प्साङकर्पोमा पनि मुख्य भुमिकामा अभिनय गर्नुभएका वाईबाले हाम्रो धादिङ राम्रो धादिङ र सल्यानटार हुं म भन्ने लोकप्रिय गितलाई म्युजिक भिडियोका रुपमा तयार पार्ने काम वाईबालेनै गर्नु भएको हो । यो दुर्व गित धादिङ जिल्ला संग चासो राख्ने हरेकले सामाजिक सञ्जालहरुमा निकै प्रयोग गर्ने गरेका छन ।
नेत्रावती मिडिया प्रा.लि. व्यवस्थापनले दिएको जिम्मेवारीलाई आंफुले कुशलतापुर्वक निर्वाह गर्ने र धादिङ न्यूजलाई सबै तहबाट अग्रस्थानमा पु¥याउन सक्रिय रहने वाईबाले वताउनु भएको छ । ,