हर हर महादेव पानी देउ देउ

745 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

13133126_1055924521146103_1462637963532426142_nपानी नपेर सुख्खा बढ्दै गएपछि बैरेनी गाविस वडा नम्बर ९ का स्थानीयवासी पानी माग्दै भगवानको शरण परेका छन ।
धार्मिक विश्वास भएकाहरुले परम्परादेखिनै पानी माग्दै महादेव संग हार गुहार गर्ने चलन भएकाले यहाँका स्थानीयले पनि शनिवार बैरेनी गाविस वडा नम्बर ९ महेशदोभानमा रहेको अम्लेश्वर महादेवको मन्दिरमा जलधारा गर्दै एक आपसमा पानी छ्याप्दै हर हर महादेव पानी देउ यत्तिले पुगेन अलि थपि देउ भन्दै पुकारा गरेका हुन ।
सयममै पानी नपरेपछि अधिकांश गाउँ वस्तिमा सुख्खा वढ्दै जानुका साथै खानेपानीको श्रोत सुक्दै गएपछि जनजिवन नराम्रो संग प्रभावित हुन थालेको छ ।खेतीबाली सुक्दै गएको छ भने मकै छर्न नपाउंदा अव आउने दिनमा भोकमरी लाग्ने हो कि भन्ने चिन्ता किसानहरुमा छ । खानेपानीको श्रोत सुक्दै गएपछि गाउंबस्तिनै संकटमा पर्दै जान थालेको छ ।