उद्धारमा खटेका दुई प्रहरी सम्मानित -चेप्राङका पहिरो पिडित सबैको उद्धार

616 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

?????????????

धादिङ,२० असार ः उत्तरी धादिङको अति विकटमा रहेको रि गाविसको चेप्राङको पहिरोको बिचमा फसेका सबैको उद्धार गरिएको छ । चार दिन सम्मको निरन्तर प्रयास पछि चेप्राङका पहिरो पिडितलाई सुरक्षित स्थानमा उद्धार गरिएको हो । पहिरोको बीचमा फसेका ७ जनाको पनि सेनाद्वारा उद्धार गरिएका मध्ये चार जनाको स्वास्थ्य अवस्था चिन्ताजनक देखिएकाले उनिहरुलाई उपचारका लागी सदरमुकाम ल्याइएको छ ।
चारैतिर पहिरो गएपछि पहिरोको बीचमा फसेका चेप्राङका वासिन्दालाई गाउंबाट शनिबार उद्धार गर्न नभ्याइएका ७ जनालाई नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरेको छ । शनिबार २ जना प्रहरीले १४ जनालाई सकुशल उद्धार गरे पनि अशक्त ७ जनालाई भीरबाट उद्धार गर्न कठिनाई भएपछि उनिहरु गाउंमै रहेका थिए ।
चेप्राङ पहिरोमा परेकाहरुको उद्धारका लागि आफ्नो ज्यानको वाजी थापेर उदाहरणिय कार्य गरेको भन्दै प्रहरी हवलदार रुद्र बहादुर कुमाल र प्रहरी जवान सन्दिप कुमाललाई असार २० गते जिल्ला प्रहरी कार्यालय धादिङले सम्मान गरेको छ ।
असार १६ गते बिहान देखि रि गाविसको को वडा नं. ९चेप्राङ गाँउको चारैतिरबाट पहिरो खस्न थालेपछि गाउंलेहरु बस्तिबाट बाहिर निस्कन नसकि तीन दिन सम्म संकटमा परेका थिए । निरन्तरको बर्षा पछि पहिरो खस्नेक्रम नरोकिंदा गाँउबाट बाहिर निस्कने सबै बाटो वन्द हुन पुगेपछि चेप्राङका वासिन्दा तीन दिन सम्म पहिरोमा थुनिएका थिए ।
घटनास्थलमा पुग्नका लागि सदरमुकाम धादिङबाट ३ दिनको पैदल दुरि हिड्नु पर्ने र इलाका प्रहरी कार्यालय दार्खाबाट १ दिनको दुरीमा पुग्न सकिने भएपछि दार्खाबाट ७ जनाको टोली असार १६ गतेनै घटनास्थल खटाईएको थियो । राती अवेर घटनास्थल नजिकै पुगेपनि पहिरो प्रभावित क्षेत्रमा पुग्न नसकेको प्रहरी टोली रि गाविस वडा नम्बर ९ किचेतमा बास बसेको थियो ।
गत बर्षको भुकम्प पछि उत्तरी धादिङको अधिकांश वस्तिमा पहिरो खस्नेक्रम जारी रहेको छ । अघिल्लो बर्ष भन्दा यो बर्ष धेरै पानी परेकाले यहाँका धेरैवटा गाउं वस्तिमा जुनसुकै वेला संकट आउन सक्ने त्रास स्थानीयमा छ ।
असार १७ गते दिनभर अविरल वर्षा भएका कारण सो दिन नेपाली सेनाको हेलिकप्टर द्धारा प्रमुख जिल्ला अधिकारी, प्रमुख सेनानी तथा प्रहरी प्रमुख समेतको टोलीले हेलिकप्टरबाट घटना स्थलको रेकि गरेपनि उद्धार हुन सकेको थिएन । खराब मौसमका कारण उद्धार गर्न सक्ने स्थिति नभएपछि दोश्रो दिन पनि गाउंवासी पहिरोको बिचमा बस्न वाध्य भएका थिए ।
पहिरो गएको तीन दिन सम्म उद्धारको लागि याचना गरिरहेका गाउंलेहरुको पिडालाई नजिकबाट देखेका प्रहरी टोलीले असार १८ गते विहानै देखि वर्षा भईरहेकै समयमा अत्यन्त जोखिमपुर्ण र विकट भुगोलका कुनै परवाह नगरी भिरको वाटो उद्धार शुरु गरेका थिए ।
आंफुसंग भएको हातहतियार अन्य प्रहरी कर्मचारीलाई जिम्मा लगाई प्रहरी हवल्दार रुद्र बहादुर कुमाल र प्रहरी जवान सन्दिप कुमालले असार १८ गते विहान देखि उद्धार शुरु गरी गाउंमा रहेका २१ जना मध्य हिंडन सक्ने १४ जनामा ९ पुरुष, ४ महिला, ५ बालक, २ अपाङ्गबालक, १ बालिका, १अपाङ्ग बालिका मध्ये १० लाई उद्धार गर्न सफल भएका थिए । उद्धार गरिएकाहरुलाई सोहि दिन बेलुका रि ७ को ताजिम्राङ स्थित सामुदायीक भवनमा लगि राखिएको १९ गते रि गाविसकै वडा नम्बर १ मा तावल स्थित नेपाली सेनाद्धारा निर्मित आवास भवनमा पुर्याई सुरक्षित ढंगबाट राखिएको धादिङका प्रहरी उपरिक्षक शरदकुमार खत्रीले जानकारी दिनु भयो ।
प्रहरी टोलस्ले उद्धार गर्न नसकेकाहरुलाई भने असार १९ गते नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

यसरी पुगेको थियो चेप्राङका पहिरो पिडितको उद्धारका लागि नेपाल प्रहरीको टोली

?????????????

?????????????

?????????????
?????????????
?????????????
?????????????

Rigaun_9_cheprang-768x512

?????????????

तस्विरहरु / जिल्ला प्रहरी कार्यालय धादिङ