जापानमा चक्कु प्रहार गरी १९ जनाको हत्या

158 पटक पढिएको

प्रकाशित मिति: ११ श्रावण २०७३, मंगलवार ०७:५२

सम्पादक: Dhading News

 

 

 japan_knife_attack_fuZCi6bIMb  साउन ११, २०७३ जापानको राजधानी टोक्यो नजिकै एक अपांग स्याहार केन्द्रमा एक व्यक्तिले चक्कु प्रहार गरेर १९ जनाको हत्या गरेका छन्। अन्र्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएअनुसार  अनुसार उक्त आक्रमणमा कम्तीमा २६ जना घाइते भएका छन्, जसमा २० जनाको अवस्था गम्भिर रहेको छ।  टोक्यो नजिकै सागामिहारा शहरको प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरी अनुसार उक्त व्यक्तिको उमेर २६ वर्ष रहेको र सोही अपांग स्याहार केन्द्रका पूर्व कर्मचारी हुन्।  समाचारमा जनाइए अनुसार आक्रमणकारीले अपांग मानिसहरू देख्न नचाहेको बताएका छन्।  जापानमा यसरी नै चक्कु प्रहार गरेर मानिसको हत्या गर्ने काम सन् २००१ र सन् २००८ मा भएको थियो, जसमा क्रमश: ७ र ८ जना मारिएका थिए।
-एजेन्सी Photo : AFP/GETTY



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

११ श्रावण २०७३, मंगलवार ०७:५२ मा प्रकाशित

समाचार

सबै

गल्छी गाउँपालिकाले चिन्न नसकेको प्रतिभा इश्वरी अधिकारी

धादिङ -गत वर्ष काठमाडौं स्थित् नोबेल एकेडीमीबाट व्यवस्थान संकायतर्फ प्लस टुमा नेपाल टप गर्दै गर्दा इश्वरी अधिकारीलाई सारा नेपालीले चिने । नचिनोस्, पनि कसरी, अधिकारीले राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ मा.....

स्वच्छ खानेपानीका लागि आयोजना निर्माण तिव्र गतिमा

धादिङ, १३ माघ । खानेपानीको अभाव झेल्दै आएका स्थानीयबासीको समस्या समाधानका लागि जिल्लाका विभिन्न स्थानमा सरकारी.....

मोटरसाईकलको ठक्करबाट बद्रीबहादुर कार्कीको मृत्यु

धादिङ, ११ माघ - मोटरसाइकलको ठक्करबाट शुक्रवार राती धादिङको बैरेनीवजार स्थित पृथ्वीराजमार्गमा एक जनाको मृत्यु.....

बिदुरको अधुरै रह्यो जापान फर्कने सपना

धादिङ-तिहारमा जापानबाट फर्केका ३० वर्षीय विदुर गुरुङ भूकम्पले भत्काएको घर निर्माण गर्ने तरखरमा थिए । जापानमा.....

सुन्दरी माविलाई खेलकुद सामाग्री हस्तान्तरण

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ मा रहेको सुन्दरी माविलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ.....

Categories