कास्कीमा पहिरोले घर पुर्दा एकै परिवारका ४ जनाको मृत्यु

541 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

कास्की, भदौ २३ – कास्कीको लेखनाथ नगरपालिकामा पहिरोले घर पुरिँदा एकै घरका चार बालबालिकाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । खरानीटारफाँटको पैतेमा बुधबार राति पौने १२ बजे खसेको पहिरोले घर पुरिँदा चन्द्रकली सुनारका १४ वर्षका छोरा निसान, ९ वर्षकी छोरी रजिना, ७ वर्षकी छोरी अन्जिला र नाति सलमान तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सलमान चन्द्रकलीकी छोरीतर्फका नाति हुन् । पहिरोले पुरिँदा घाइते भएका २५ वर्षकी कविता र १० वर्षकी सबिनाको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै कास्कीकै कालिका गाविस–६ को पुनपधेलीमा पहिरो जाँदा ४८ वर्षका भिमा तिमल्सिना र ५३ वर्षका मोदराज तिमल्सिना पनि गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।