लपाङफेदीमा बस पल्टिदाँ १८ जनाको ज्यान गयो- दुर्घटनाको विस्तृत विवरण आउन अझै बाँकी

623 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

imagesधादिङ, ११ असोज – धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीबाट उत्तरी धादिङको किन्ताङफेदीका लागि छुटेको यात्रुवस दुर्घटना हुंदा १८ जनाको ज्इान गएको छ ।
सदरमुकामबाट उत्तरी धादिङको किन्ताङफेदी तर्फ जाँदै गरेको बा ३ ख ३३१८ नम्बरको बस पल्टदाँ १८ जनाको मृत्यु भएको वताईएको छ । आज बिहान धादिङबेसीबाट ३१ जनाको यात्रु बोकी त्यसतर्फ गएको बस बिहान ११ः३० बजे तिर मार्पाक गाँउ विकास समितिको वडा नं ५ लपाङखोला जिरोकिलो नजिकैबाट ३ सय मिटर तल आखुँ खोलामा खसेर दुर्घटनामा परेको हो ।
सिट क्षमता भन्दा बढी यात्रु वोक्न प्रहरीले रोक लगाएपनि व्यवसायीहरु प्रहरीको आंखा छलेर क्षमता भन्द्या बढी यात्रु लिएर कच्चि सडकमा मोटर चलाउंदा दुर्घटनाको कारक वन्ने गरेका छन । बसको छत र सीटमा टन्न यात्रु भएको स्थानीयले वताए ।
पहिरो गइ थुनिएको बाटो स्थानीयबासीले पन्छाइ बस पार गराउने क्रममा बस चिप्लिएर सो दुर्घटना भएको स्थानीयले वताए ।
सदरमुकाम धादिङबेसीबाट ३२ किलोमिटर टाढा रहेको घटनास्थलमा कटुञ्जे प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट समेत समेत पुगिसकेको छ । दुर्घटनामा परी घाईते भएका १५ जनाको उद्दार गरिएको स्थानीयले जानकारी दिएका छन् । दुर्घटनाको विस्तृत विवरण आउन अझै बाँकी छ ।