दुर्घटनामा तीन जनाको ज्यान गयो

726 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१९ कात्तिक – धादिङ जिल्लाको जिवनपुर गाविस वडा नम्बर ५ दमाहामा विहिबार ट्रिपर पल्टिंदा चालकको ज्यान गएको छ ।
कोल्फुखोलाबाट वालुवा लिएर काठमाण्डौं जांदै गरेको को १ ख ८०५५ नम्बरको ट्रिफर सडकमै पल्टिंदा सोही ट्रिपर चालक राजु वलामीको ज्यान गएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।
यसैगरी विहिवारनै नुवाकोट जिल्लाको रातमाटे गाविस वडा नम्बर १ महादेवफांटमा पनि ट्रिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । बालुवा बोकेको ना ७ ख १०३५ नम्बरको ट्रिपरले विदुरबाट गल्छी तर्फ आउंदै गरेको बा ७९ प ३९६४ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकलमा सवार नुवाकोट जिल्ला फिकुरी गाविस वडा नम्बर ४ का पण्डितप्रसाद भट्टको घटनास्थलमानै ज्यान गएको नुवाकोट प्रहरीले जनाएको छ । यसै गरी नुवाकोट जिल्लाकै तारुका जोरचौतारामा आईतबार भएको दुर्घटनामा तारुका ५ की विमला उपरकोटीको ज्यान गएको थियो ।
दुईवटा घरमा चोरी
यता धादिङको दक्षिणी भेगको विकटमा रहेको महादेवस्थान गाँउ विकास समितिको वडा नं ४ को नयाँबस्तीमा रहेको दुई वटा घरमा चोरी भएको छ ।
स्थानीय मनकुमार तामाङको घरमा बस्ने हिरामाया तामाङको नगद २५ हजार रुपैया सहित पसलका सामानहरु र सुक्रबहादुर तामाङको नगद चोरी भएको हो । तिहारको वेला पारेर उनीहरुको घर फोरी पसलमा रहेका सामान र नगद चोरी भएको हो ।