धादिङ जिल्लामा पनि वन्दको असर -बन्दले सर्वसाधारणलाई सास्ती

767 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 15057964_10210568408623885_1509196318_nनेत्र विक्रम चन्द ( विप्लव) नेत्तृत्वको नेकपा माओवादीको आव्हान भएको भनिएको नेपाल वन्दको प्रभाव धादिङ जिल्लामा पनि परेको छ । वन्दको कारण विहानै देखि धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीको वजार अधिकांश वन्द छ भने सदरमुकामबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन । धादिङबेसीबाट काठमाण्डौं,नारायणगढ,पोखराका साथै जिल्लाकै एक दर्जन भन्दा बढी स्थानमा दैनिक मोटर छुट्ने गरेकोमा आज विहानै देखि कुनै पनि सवारी चलेका छैनन । धादिङ यातायात व्यवसायी संघ, ग्रामीण यातायात, धादिङ माईक्रोवस,संयुक्त यातायात तथा जीप व्यवसायी समितिबाट मोटर चल्ने गर्दछन ।
बन्दको कारण बैक तथा बित्तिय संस्था र शिक्षण संस्थाहरु पनि वन्द भएका छन । सदरमुकामका साथै जिल्लाको मुख्य वजार क्षेत्र राजमार्गको व्यापारिक केन्द्रहरु, धादिङ जिल्लाको पृथ्वीराजमार्ग र त्रिभुवनराजपथका साथै गल्छी त्रिशूली सडक, वेनिघाट आरुघाट सडकमा पनि मोटर चलेका छैनन । सदरमुकाम र राजमार्ग क्षेत्रमा प्रहरीको उपस्थिति वाक्लो वनाईएको छ । वन्दकर्ताहरुको उपस्थिती शुन्य जस्तै देखिएपनि जिल्लाभर वन्दको प्रभाव भने परेको छ । विहानै देखि खुलेका छैनन ।  बन्दका कारण सर्वसाधारण समस्यामा परेका छन् ।