जोगिमारा कोस्राङका चेपाङलाई न्यानो कपडा सहयोग

862 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

4-6जोगिमारा- रोट्रयाक्ट क्लब अफ नारायणगढ र ब्रदर्श नेपालले संयुक्तरुपमा धादिङको जोगिमारा–५ कोस्राङमा रहेका चेपाङ परिवारलाई ब्ल्याङकेट, स्विटर, टोपी र शैक्षिक सामग्री वितरण गरेको छ ।
शनिबार एक कार्यक्रम गरी ७० घरधुरीलाई ब्ल्याङकेट र १३५ जना विद्यार्थीलाई स्विटर, टोपी र शैक्षिक सामग्री वितरण गरिएको रोट्रयाक्ट क्लब अफ नारायणगढकी अध्यक्ष इशा प्रधानले जानकारी दिइन् ।
‘न्यानो सबैका लागि’ भन्ने नारासहित जाडोमा बस्नका लागि सहजहोस् भनि सो सामग्री वितरण गरिएको ब्रदर्श नेपालका अध्यक्ष अनिलबाबु सोतीले जानकारी दिए । कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा हाल तीन जना शिक्षक÷शिक्षिका मात्रै रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर चेपाङले बताए । कार्यक्रममा अभिभावक संघका अध्यक्ष रामशरण चेपाङ, विद्यालयकी शिक्षिका शर्मीला बस्नेत, रञ्जिता रेग्मीलगायतले बोलेका थिए ।