धादिङमा छुट्टाछुट्टै दुर्घटनामा परि दुई को मृत्यु

494 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २३ पुस -शनिवार विहान धादिङमा भएको छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ । त्रिभुवन राजपथ अन्र्तगत गर्ने धादिङको नौविसे गाविसको कानाकोटमा जीपको ठक्करबाट शनिवार विहान ८ वजे तिर ७० बर्षिय सानु थापाको ज्यान गएको हो । काठमाडौंबाट मुग्लिन तर्फ जांदै गरेको बा १५ च ४४८२ नम्बरको जीपले ठक्कर दिँदासानु थापाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटना पछि आक्रोशित हुन पुगेका स्थानीयवासीले त्रिभुवन राजपथको नौविसे –नागढुंगा सडक खण्ड केहीबेर अवरुद्ध पारेका थिए । थापालाई ठक्कर दिने जिप र त्यस्का चालकलाई इलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएको छ ।
यसै गरी धादिङकै पिडा गा.वि.स. वडा नम्बर २ गलौंदी स्थित पृथ्वीराजमार्गमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । काठमाण्डौंबाट मुग्लिन तर्फ जांदै गरेको ना ६ प ५६०५ नम्बरको ट्रकले ठक्कर दिंदा घाईते हुन पुगेका बैरेनी गाविस वडा नम्बर ७ का रामकाजी मगरको उपचारका लागि काठमाण्डौं लैजांदै गर्दा ज्यान गएको छ । गजुरीबाट बा ७९ प ७८२७ नम्बरको मोटरसाईकलमा आउंदै गरेका मगरलाई विपरित दिशाबाट आएको ट्रकले राती ११ वजे तिर ठक्कर दिएको प्रहरीले जनाएको छ । मगरलाई ठक्कर दिने ट्रक र चालकलाई पनि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय धादिङको संचार शाखाले जनाएको छ ।