धादिङ जिल्लाका दुवाडीहरु संगठित

60 पटक पढिएको

प्रकाशित मिति: १ माघ २०७३, शनिबार ११:१७

सम्पादक: Dhading News

23 धादिङ-धादिङ जिल्लाका विभिन्न गाउँ विकास समितिमा छरिएर रहेको दुवाडीहरु संगठीत भएका छन । सदरमुकाम धादिङवेशीमा जिल्लाभरका दुवाडीहरुहरुको भेला आयोजना गरि ११ सदस्यीय आत्रेय गोत्रिय दुवाडी सेवा समाज धादिङ शाखाको गठन गरिएको छ । समाजको अध्यक्षमा ढोलाका केशवराज दुवाडी, उपाध्यक्षमा शालिग्राम दुवाडी, सचिवमा मनिष दुवाडी, सहसचिवमा प्रदीप दुवाडी र अन्य ६ जना सदस्यहरु सर्वसम्मत चयन भएका छन ।
नवगठित कार्यसमितिले छिट्टै नै केन्द्रिय समितिले प्रकाशन गर्न लागेको दुवाडीबन्धुहरुको बंशावली निर्माणको लागि धादिङ जिल्लाको बंशावली संकलन गर्ने बताएको छ । दुवाडीहरुको पहिचान कायम राख्न, पुर्खाहरुको इतिहाँस जोगाइराख्नको संगठित भएको र समाजले दुवाडीहरुको हितलाइ मध्येनजर गर्दै आगामी कार्यक्रमहरु तय गर्ने नवगठित समितिका अध्यक्ष केशवराज दुवाडीले बताएका छन । भेलामा केन्द्रिय समितिका अध्यक्ष राममणी दुवाडीले दुवाडीहरुको इतिहाँस, संगठित हुनुको उद्येश्य, बंंशावली निर्माणको पछिल्लो अवस्थाका बारेमा सहभागीहरुलाइ जानकारी गराउनुभएको थियो । भेलामा धादिङको नलाङ, ढोला, मुरलीभन्ज्याङ, सुनौलाबजार, धुषा, पिडा र जोगीमारा लगायतका गाउँविकास समितिमा छरिएर बसेका दुवाडीबन्धुहरुको सहभागीता रहेको थियो ।
गत कात्र्तिक महिनामा चितवनमा दुवाडीहरुको राष्ट्रिय भेला आयोजना गरि केन्द्रिय समिति बनाइएको र सोही भेलाले दुवाडीहरुको बसोबास रहेका जिल्लाहरुमा शाखा समिति गठन गर्ने निर्णय भएको थियो ।

१ माघ २०७३, शनिबार ११:१७ मा प्रकाशित

समाचार

सबै

अवैध बालुवा खानी वन्द गर्न धादिङका प्रजिअको निर्देशन

 धादिङ–अवैधानिक रुपमा सञ्चालन भइरहेका बालुवा धुने उद्योग फिरफिरे यन्त्रलाई दिइँदै आएको विद्युत्त तुरुन्त काट्न स्थानीय प्रशासनले विद्युत्त प्राधिकरणलाई निर्देशन दिएको छ । घरायसी प्रयोजन भनेर.....

सुरुङमार्ग निमार्णको ५ स्थानमा सम्भाव्यता अध्ययन

सरकारको १४औं योजनामा प्राथामिकतामा परेको विभिन्न स्थानमार्फत शुरुङमार्ग निमार्ण गर्ने प्रक्रियालाई अघि.....

यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली.....

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु.....

साक्षरताको नाममा नाटक मञ्चन ,पूर्ण साक्षर जिल्ला धादिङमा ल्याप्चे नै ल्याप्चे

धादिङ माघ २,  । चार बर्ष अघि धादिङ जिल्लालाई निकै तामझामका साथ पूर्ण साक्षर जिल्ला घोषणा गरियो । साक्षर जिल्ला.....