लाखौं खर्चेर अमेरिका हिँडेका तीन सय नेपाली मेक्सिकोमा अलपत्र

307 पटक पढिएको

प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार २१:५०

सम्पादक: Dhading News

ilegal-Immigrant-nepali-mexiko (1)

फाइल तस्वीर

काठमाडौं, ५ फागुन । लाखौं रुपैयाँ खर्चेर अमेरिका हिँडेका तीन सय भन्दा बढी नेपाली अमेरिकी र मेक्सिकोको सीमामा अलपत्र परेका छन् ।

अमेरिकामा ट्रम्प प्रशासनले आप्रवासी नीतिमा कडाइ तथा मेक्सिकोसँग सीमामा पर्खाल लगाउने कार्य सुरु गरेसँगै हवाई, स्थल र जलमार्ग हुँदै मानव तस्करहरुको साथमा महिनौ लगाएर मेक्सिको पुगेका तीनसय भन्दा बढी नेपाली सीमामा अड्किएका हुन् ।

मानव तस्करहरुको पछि लागेर उनीहरु २३ महिनासम्म समय लगाएर मेक्सिको आइपुगेको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ । अमेरिका छिर्न उनीहरुले न्युनतम ४० देखि अधिकतम ७५ लाखसम्म खर्चेको पाइएको छ ।

अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले मेक्सिकोमा नेपालीहरु अलपत्र परेको खबर आएको र जाँचबुझ भइरहेको बताए । ‘अवैधानिक रुपमा आएकाहरुको खोजी गर्ने र बुझ्ने काम गरिरहेका छौ,’ राजदूत कार्कीले भने, ‘दूतावासले दक्षिण अमेरिकी मुलुक र अमेरिकासंग पनि सम्पर्क गरेर नेपालीको अवस्था बुझ्ने र डाटा राख्ने काम गर्न थालेको छ ।’


५ फाल्गुन २०७३, बिहीबार २१:५० मा प्रकाशित

Dhading Galaudi mahotsav 2073

समाचार

सबै

रकमको जोहो गर्नुहोला पाँच अर्ब ७१ करोडको हकप्रद सेयर आउँदैछ

काठमाडौँ / धितोपत्र बोर्डले विभिन्न १२ वटा कम्पनीलाई रु पाँच अर्ब ७१ करोड ८५ लाख ४२ हजार बराबरको हकप्रद शेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेको छ । बोर्डले चालू आर्थिक वर्षको शुरुवातबाटै सो परिमाणको.....

नेपाल टेलिकमको दशैं अफर सार्वजनिक

नेपाल टेलिकमले नेपालीहरुको महान चाड बडादशैंको अवशर पारेर नयाँ अफरहरु सार्वजनिक गरेको छ । टेलिकमले बुधबार.....

नागढुंगाबाट २८ मरेका खसीबोका बरामद

काठमाडौं, असोज ५ -महानगरीय प्रहरी प्रभाग नागढुंगाले २८ वटा मरेका खसीबोका बरामद गरेको छ । प्रभागबाट.....

धादिङमा तीन जनालाई डेँगुको संक्रमण

धादिङ । धादिङमा डेँगु रोगका तीन जना बिरामी भेटिएका छन् । हालै जिल्ला अस्पताल धादिङमा उपचारका लागि आएका.....

3 test positive for Dengue in Dhading

Keshav Adhikari DHADING: As many as three patients have tested positive for Dengue in Dhading district today. Among the patients who visited the District Hospital for check up were diagnosed with the mosquito-borne disease after a blood test, informed doctors at the.....

netrawati 3x2 = 20pcs

dashai-shub-kamana