सप्तरी घटना : प्रहरीको गोली लागेका थप एकको मृत्यु

1181 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 Saptariसप्तरी- सप्तरीको मलेठमा गत सोमवार प्रहरीसँगको झडपका क्रममा गोली लागेका थप एक जनाको मृत्यु भएको छ । मलेठ २ का बीरेन्द्र महतोको उपचारका क्रममा धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गएराती मृत्यु भएको प्रहरीले जनाएको छ । उनको पेटमा गोली लागेको थियो । योसँगै प्रहरीको गोली लागि मृत्यु हुनेको संख्या ४ पुगेको छ । थप केहीको अझै राजविराज र धरानमा उपचार भईरहेको छ ।