२०७३ साललाई नियाल्दा

798 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

New-yearसमयको चक्र संगै विक्रम सम्वत २०७३ सालले हामी संग विदा लिएर २०७४ सालको आगमन भईसकेको छ ।  २०७३ को वर्ष पनि विगतका वर्षहरू जस्तै विभिन्न उत्तरचढावपूर्ण रह्यो। राजनीतिक आर्थिक सामाजिक, सांस्कृतिक र धार्मिक रूपमा वर्ष ७३ सामान्य रह्यो । सरकार परिवर्तन, संविधानको विरोध, सर्वोच्च अदालतबाट मुख्य दुई नियुक्तिको बदरलगायतका घटना वर्ष २०७३ मा सम्झना योग्य रह्यो।

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङको नियुक्ति भएसँगै वर्ष २०७३ मा मुलुक लोडसेडिङमुक्त रह्यो। रातको समयमा काठमाडौं उपत्यकामा देखिएको झिलिमिति बत्ती। सहकालका देवताको रुपमा लिइने सेतो मछिन्द्रनाथको जात्रा मंगलबारबाट सुरु भएको छ । सेतो मछिन्द्रनाथको मुर्तिलाई जमलस्थित तीनधारा पाठशाला अगाडि रथारोहण गरेपछि सुरु भएको रथ यात्रा रत्नपार्क, भोटाहिटी, असन, मछिन्द्र बहाल, इन्द्रचोक, हनुमान ढोका, मरुहिटी, जैसिदेवल हुदै लगनमा पाँच दिनमा समापन हुने छ । प्रत्येक वर्ष चैत शुक्ल अष्टमीका दिन सेतो मच्छिन्द्रनाथको रथ तान्ने गरिन्छ।

जेठ २५ मा बरिष्ठ संगीतकार अमर गुरुङको मृत्यु भयो। नौलाखा तारा उदाए गीतबाट संगीत यात्रा सुरु गरेका गुरुङका सयौं सिर्जना कालजयी छन् । ‘सयौ थुंगा फुलका हामी …’ राष्ट्रिय गानको सर्जक गुरूङको ग्याण्डी अस्पतालमा निधन भएको थियो। अफगानिस्तानको राजधानी काबुल सहरमा असार ६ गते बिहान भएको आत्मघाती आक्रमणमा परि १४ जना नेपालीले ज्यान गुमाए। तत्कालिन ओली सरकारले चार्टर बिमान पठाएर मृतकको शव नेपाल ल्याएको थियो।  सरकारले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितलाई उपलब्ध गराउने गरी साउन २ गते ट्याक्सी दर्ता खुलाएको थियो।

ललितपुरको इमाडोलमा कात्तिक ५ गते प्राकृतिक ग्यास (मिथेन) उत्पादन सुरु भएको छ। खानी तथा भूगर्भ विभागले निर्माण गरेको ग्यास प्लान्टको उद्योग मन्त्री नविन्द्रराज जोशीले औपचारिक रुपमा उद्घाटन गरेसँगै उक्त स्थानमा उत्पादन सुरु भएको हो। सिन्धुपाल्चोकको बाँसबारीस्थित गिरानचौरमा धुर्मुस सुन्तली फाउण्डेसनको अगुवाईमा निर्माण भएको भूकम्पपीडितको एकिकृत बस्ती। जहाँ धुर्मुस सुन्तली आफै दिनरात खटेर बस्ती निर्माण गरेका हुन्। वर्ष २०७३ मा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा दुई सरकार बने। कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका एमाले ओलीलाई कांग्रेस माओवादीसहितका दलले अविश्वासको प्रस्ताव पेश गरेपछि साउन ९ गते प्रधानमन्त्रीबाट राजीनामा दिए। ओलीको राजीनामापछि दाहाल साउन १९ गते प्रधानमन्त्री भए।

यसैवर्ष प्रधानमन्त्री पुष्पकमल दाहालले छिमेकी मुलुक चीनको तीन दिने भ्रमण गरेका छन् । चैत १० गतेदेखि १३ गतेसम्म भएको उक्त भ्रमणका अवसरमारमा प्रधानमन्त्री प्रचण्डले बोआओ फोरम फर एसिया सम्मेलनमा सम्बोधन गरेका थिए। त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले यसैवर्ष भारतको चारदिने औपचारिक भ्रमणमा समेत गरेका छन्। झण्डै दुइ दशकदेखि हुन नसकेको भारतीय राष्ट्रपति प्रणव मुखर्जीले कात्तिक १७ गतेबाट तीन दिने नेपाल भ्रमण गरेका थिए। भारतीय समकक्षी प्रणव मुखर्जीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी। मुखर्जी तीन दिने नेपाल भ्रमणका लागि बुधबार नेपाल अाएका हुन्।

राजतन्त्रको एजेन्डालाई थाती राख्दै दुई राप्रपा (राप्रपा र राप्रपा नेपाल) बीचको एकीकरण मंसिर ६ गते भयो। एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राखियो । यस्तै एकीकृत राप्रपाबाट छुट्टिएर प्रकाशचन्द्र लोहनीले नयाँ पार्टी खोले। टेकुमा फोहोरबाट बिजुली निकाल्न अन्तिम तयारी भइरहेको छ । जहाँ काठमाडौंमा दैनिक जम्मा हुने ३ टन फोहोर खपतका लागि बायो मिथनाइजेशन प्लान्ट जडान गरेको छ । यसबाट मिथेन ग्यास उत्पादन भइसकेको छ र, यही ग्यासबाट बिजुली उत्पदन हुनेछ । यसका लागि टर्वाइन जडान भइसकेको छ । प्राविधिकले अन गरेपछि विजुली बल्छ । यो प्लाल्टबाट १४ देखि २० किलोवाटसम्म बिजुली निकल्ने महानगरपालिकाले जनाएको छ ।

मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता टोली स्वदेश फर्किएको छ । नेपाली टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट तथा अखिल नेपाल फुटबल सङ्घ(एन्फा) पदाधिकारीले स्वागत गरे । गत वर्षको भूकम्पबाट क्षतिग्रस्त बौद्धनाथ महाचैत्यको पुनर्निर्माण सकिएको छ।  विश्व सम्पदा सूचीमा सूचीकृत यो  सम्पदा भूकम्पपछि पुनर्निर्माण सम्पन्न हुने मुलुककै पहिलो पुरातात्त्विक सम्पदासमेत बनेको छ

नेपाल र मलेसियाको राष्ट्रिय महिला टोलीको मैत्रीपूर्ण फुटबल खेलमा नेपाली टोली विजयी भएको छ। शनिबार दिउँसो एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा नेपालले मलेसियालाई एक गोलले हराउँदै विजयी भएको हो। काठमाडौंको टौदहमा बिहानीको सूर्योदयको दृश्य। साथमा रूखमा बसेका चराहरू। बसन्तपुरस्थित काष्टमण्डप पुनर्निर्माणबारे पूजा आरधना गर्दै भक्तजनहरू। इतिहासकार तथा नाटककार सत्यमोहन जोशीकृत तथा बद्री अधिकारी निर्देशित नाटक ‘महर्षि यज्ञवल्क्य’ अभिनय गर्दागर्दै बेहाेस भइ निधन भएका कलाकार विष्णुभक्त फुयाँलको पुस २० गते पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा अन्त्यष्टी गरिएको छ। गत पुस २१ गते सिआईबीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट नियन्त्रणमा लिएको ३३ किलो अबैध सुन।

माघ १ गते युवा जगतमा पछिल्लो समय निकै चर्चामा रहेका र्‍यापर यूवा गायक अनिल अधिकारी (यमबुद्ध) ले ३० बर्षको कलिलै उमेरमै आत्महत्या गरे। विश्वको दोस्रो ठुलो चेन भएको ‘हिल्टन होटल एन्ड रिसोर्ट’सँगको सहकार्यमा शंकर ग्रुपले ‘डबल ट्रि हिल्टन’ नामको पाँचतारे होटलको लागि नक्सालको भगवति मन्दिर नजिकै निर्माण गरिरहेको उक्त भवनको जग खन्दा छेउको ४० फिट सडक भाँसिएको थियो। सरकारले आगामी वैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गर्‍यो। २० वर्ष पछि संघीय ढाँचामा हुने स्थानीय चुनावको मिति घोषणा भयो भने नेपालमा ४ महानगर, १३ उपमहानगर, २ सय ४६ नगर तथा ४ सय ८१ गाउँपालिका कायम गरियो।

समग्रमा भन्नु पर्दा २०७३ राजनीतिक रुपमा खासै उपलब्धिपूर्ण रहेन । देशको केन्द्रीय राजनीतिक वृतमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई अविश्वासको प्रस्ताव ल्याएर वर्खास्त गरियो ।

उनी नयाँ संविधान जारी भएपछि, संसदले अविश्वासको प्रस्ताव ल्याएर बर्खास्त गरिएको पहिलो प्रधानमन्त्री हुन् । त्यसपछि मुलुकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारल पायो । मुलुकले एकै वर्ष दुई प्रधानमन्त्री पायो ।

सर्वोच्च अदालत पनि यस वर्ष निकै चर्चामा आयो । पहिलो पटक लोकमान प्रकरणले चर्चा पायो भने वर्षको अन्त्यतिर प्रहरी महानिरिक्षक प्रकरणले चर्चा पायो ।

मुलुक पुरानो गाविस र नगरपालिकाको संरचना खारेज भएर नयाँ संरचना ७४४ स्थानीय निकायमा व्यवस्थित भयो ।
वर्ष २०७३ मा पूर्व गृहमन्त्री माधव ढुङ्गेललाई त्रिशुलीले वेपत्ता पार्यो ।

नेपाली सांगीतिक क्षेत्रमा पनि निकै क्षति भएको वर्ष हो २०७३ । वर्षको सुरुवातमा पप गायक सुनिल बर्देवा, लोकगायक खेमराज गुरुङले धर्ती छोडे भने वर्षको मध्येतिर पपगायक यम बुद्धले सम्पूर्ण नेपालीलाई रुवाएर गए । नाट्य क्षेत्रका हस्ती विष्णुभक्त फुयाँल पनि यसै वर्ष परमधाम भएर नाट्य क्षेत्रलाई ठुलो अभाव महसुस गराए ।

हास्यकलाकार आरपी भट्टराई पनि यसै वर्ष कहिल्यै नब्युझिने गरी चिर निद्रामा लिन भए । त्यस्तै नेपाली आधुनिक संगीत क्षेत्रका हस्ती ‘तिरीरी मुरली बज्यो…’ गीतका गायक पन्नाकाजी पनि सदाका लागि विदा भएर गए । नेपाली साहित्य तथा सांगितिक क्षेत्रको हिसाबमा निराशाजनक वर्षको दरियो ।

त्यस्तै खेलकुद क्षेत्रमा भने महत्वपूर्ण उपलब्धी हासिल भएको वर्ष हो २०७३ । नेपालले खेलकुद इतिहासमा पहिलोपटक एशियन राष्ट्रहरुबीच हुने सोलीडारिटी फूटबल कपको विजेता बन्न सफल भयो । सातौँ राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा सम्पन्न गरियो ।

त्यस्तै नेपाली छोरी अल्ट्रा धावक मीरा राई नेशनल जियोग्राफीक च्यानलले विश्वमा नै वर्षको साहासिक व्यक्तिको उपाधि हासिल गरिन् । त्यस्तै धनगढीले देशकै पहिलोपटक सबभन्दा धेरै धनराशीको क्रिकेट प्रतियोगिता डिपीएल आयोजन गर्न सफल भयो ।

वर्ष २०७३ को अन्त्यतिर भने सरकारले उदाहरणीय निर्णय गर्न सफल भयो । विगत १९ वर्षदेखि रिक्त रहेको स्थानीय तहमा पहिलोपटक नयाँ संरचनासहितको स्थानीय निकायको निर्वाचनको घोषणा गरियो ।

यस्तै केही पीडा र केही उपलब्धीका माझ वर्ष २०७३ मा घाम अन्तिम पटक अस्ताएको छ ।

वर्ष २०७४ को सुरुवात नै राजनीतिक रौनकतासहित सुरु हुने संकेत हो स्थानीय निकायको निर्वाचन । वर्ष २०७४ मा नेपालीहरुले देशमा शान्ति र सुव्यवस्था र समृद्धी भएको देख्न पाउन्, पीडितले न्याय र पीडकले सजाय पाउन् हाम्रो पनि सम्पूर्ण देशविदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई नववर्ष २०७४ को शुभकामना ।