भुत्याहा बेल्खु जोड्ने झोलुङ्गे पुल निर्माणका क्रममा भांचियो

1395 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

18058216_1453025864736929_7629806149098925344_n (1)गल्छी गाउंपालिकाको दुईवटा वडालाई जोड्ने गरी निर्माण हुंदै गरेको त्रिशूली नदी माथिको झोलुङगे पुल भाँचिएको छ । गल्छी गाउँ पालिका वडा नम्बर २ मा पर्ने साविकको कल्लेरी गाविसको भुत्याहा र हालको वडा नम्बर ४ बैरेनी गाविसको बेल्खु जोड्ने गरी निर्माण भईरहेको पुलको २५ मिटर अग्लो टावर आईतबार दिउंसो भाँचिएको हो । निर्माणाधिन अवस्थामा रहेको उक्त पुलको लठ्ठा अडकाउने टावर भत्किंदा ३ जना घाईते भएका छन । घाईते मध्ये एक जनाको अवस्था गम्भिर र दुई जनाको अवस्था सामान्य रहेको छ ।
झोलुङ्गे पुल नहुंदा भुत्याहा बेलिनिटार क्षेत्रका वासिन्दाले भोग्नु परेको सास्तीलाई कम गर्न हेल्भेटासको सहयोगमा केही समय अघि देखि त्रिशूली नदी माथि झोलुङ्गे पुलको निर्माण कार्य शुरु गरिएको थियो ।

बैरेनीको बेल्खु र कल्लेरीको भुत्याहा जोड्ने त्रिशुली नदिमाथि बन्ने सस्पेन्सन पुलको लठ्ठा अड्याउने टावर जोडि नसक्दै भाँचिएको हो । पुलको २५ मिटर अग्लो टावर भाँचिँदा टावरमै काम गरिरहेका ३ जना मजदुर घाइते भएका छन् । घाइते तीनै जनालाई बैरेनीमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाण्डौ लगिएको छ ।

 तुईनलाई झोलुङ्गे पुलमा प्रतिस्थापन गर्ने नेपाल सरकारको कार्यक्रम अन्तर्गत एक सय ५८ दशमलत २० मिटर लामो बेल्खु भुत्याहा पुलको गौरी पार्वती/निलगिरी जेवी कम्पनीले निर्माण सुरु गरेको हो । पुलको जग नै कमजोर भएका कारण समस्या आएको सव इन्जिनियर दुर्याेधन रेग्मीले बताए । सस्पेन्सन पुल अन्य भन्दा कमजोर नै हुन्छ । उनले भने ‘यसरी बनेका ५० प्रतिशत पुल ढल्ले गरेको छ ।’

   18057144_1453026334736882_620527073218559693_n (1)सम्झौता अनुसार आगामी साउन २८ गतेसम्म निर्माण सक्नुपर्ने भएपनि भर्खर टावर ठड्याउने काम हुँदैथियो । निर्माण सुरु भएदेखि पुल तर्ने दिन कुरेर बसेका स्थानीयमा निराशा टावर नै भाँचिएपछि निरास बनेका छन् ।यहाँ पुल नहुंदा तुईनबाट कष्टकर ढंगले नदी वार पार गर्नु पर्ने वाध्यता स्थानीयमा छ ।