धुनिवेसीको कानकोटमा दुर्घटना, ४ जना घाइते

909 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

18342754_811715275658931_4428768434853396233_nधादिङ : धादिङको धुनिवेसी नगरपालिकामा पर्ने त्रिभुवन राजपथको  कानाकोटमा दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

काठमाडौंबाट चितवन जाँदै गरेको बा २ ख २२१११ नम्बरको बस र ना ४ ख ८४३१ नम्बरको ट्रक  आपसमा ठोकिएका हुन् । घाइते हरुको उपचारका धार्केमा भईरहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । दुर्घटनामा परि  च्यापिएर घाईते भएका बसका चालकलाई अन्य वसका यात्रु तथा स्थानीयको पहलमा  उद्धार गरिएको उद्धारकार्यमा संलग्न नेपाली सेनाका केदार अधिकारीले वताए ।