नयाँवस्ती निर्माणका लागि डकर्मी तालिम लिंदै लापावासी

356 पटक पढिएको

प्रकाशित मिति: ६ असार २०७४, मंगलवार १८:०१

सम्पादक: Dhading News

dhol 2धादिङ,६ असार – नयाँबस्ती निमार्णको लागी ज्यामी नपाएर दुख पाएका उत्तरी धादिङको लापाबासीहरु अहिले घरदैलोमा डकर्मी तालिम लिन पाएपछि खुसि भएका छन् । २०७२ को बिनासकारी भुकम्पका कारण विस्थापीत भई ज्वालामुखि गाउँपालीका वडा नम्बर ४ मा बसोबास गरिरहेका नागरिकहरुहरुको आयआर्जन बृद्धि गर्ने उद्देश्यले गाउँमै डकर्मी तालिम सञ्चालन गरिएको हो ।
Dhola 1आफ्नो थाकथलो छोडेर दाताको सहयोग र स्थानिय दिनेश तमाङको अगुवाईमा ज्वालामुखि गाऊँपालिका वडा नम्बर ४ नयाँवस्तीमा वसोवास गरेका लापावासी सिपको अभावको कारण विभिन्न समस्या झेल्दै आईरहेका थिए ।
देश पुर्ननिमार्णको चरणमा रहेको र डकर्मी तालिम महत्वपुर्ण रहेको भन्दै सहभागीहरुले तालिम प्रभावकारी भएको बताएका छन । गाउँमा दक्ष काम गर्न सक्ने कामदार नपाउदा गाउँमा पुर्ननिमार्णको कार्यले गति लिन नसकेको पुर्नस्थापना अभियानका अगुवा दिनेशकुमार तामाङ वताउनुहुन्छ ।
जसोतसो दाताले बनाईदिएको घरमा बसेपनी रोजगारी नहुदा गाउँवासी बेइलामी हुंदै आएका थिए । पहिला पनि अलिअलि डकर्मीको काम गर्थे अब झन् तालिम लिएपछी राम्रो काम गर्छु सहभागी फुङजुङ तामाङले बताउनुभयो ।
Dhola 3चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स धादिङको आयोजना र गरिबी निवारण कोषको आर्थिक सहयोगमा तालिम सन्चालन गरीएको हो । पुर्नस्थापना अभियन्ता दिनेश कुमार तामाङको अध्यक्षतामा सञ्चालन भएको तालिममा गरिबी निवारण कोषका जिल्ला ईन्जीनियर सुनिल कुमार तिमल्सीना, सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, कोसोक नेपालका कार्यक्रम संयोजक राजेन्द्र श्रेष्ठ समेतको उपस्थितीमा ईन्जिनियर श्री निर्देश नेपाल र श्री प्रकास पराजुली ले घर निर्माण गर्दा अपनाउनु पर्ने कानूनी प्रक्रिया देखि सुरक्षाका लागि पुरा गर्नुपर्ने मापदण्ड लगायतका प्राबिधिक बिषयमा सहजिकरण गर्ने छन । कार्यक्रममा स्थानीय २५ जनाको सहभागीता रहेको छ ।


६ असार २०७४, मंगलवार १८:०१ मा प्रकाशित

समाचार

सबै

अवैध बालुवा खानी वन्द गर्न धादिङका प्रजिअको निर्देशन

 धादिङ–अवैधानिक रुपमा सञ्चालन भइरहेका बालुवा धुने उद्योग फिरफिरे यन्त्रलाई दिइँदै आएको विद्युत्त तुरुन्त काट्न स्थानीय प्रशासनले विद्युत्त प्राधिकरणलाई निर्देशन दिएको छ । घरायसी प्रयोजन भनेर.....

सुरुङमार्ग निमार्णको ५ स्थानमा सम्भाव्यता अध्ययन

सरकारको १४औं योजनामा प्राथामिकतामा परेको विभिन्न स्थानमार्फत शुरुङमार्ग निमार्ण गर्ने प्रक्रियालाई अघि.....

यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली.....

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु.....

साक्षरताको नाममा नाटक मञ्चन ,पूर्ण साक्षर जिल्ला धादिङमा ल्याप्चे नै ल्याप्चे

धादिङ माघ २,  । चार बर्ष अघि धादिङ जिल्लालाई निकै तामझामका साथ पूर्ण साक्षर जिल्ला घोषणा गरियो । साक्षर जिल्ला.....