logo

धादिङमा अनुगमन चितवन पुगेर रात्री भोज

1686 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

दुई दिनको अनुगमन भनिएता पनि बुधबार दिउँसो १२ बजे धादिङबेसीबाट कार्यालय नै छोडेर धार्केमा सहभागी भई रात्रिभोज गरी बिहीबार बिहान मात्र फर्केका थिए । आर्थिक वर्षको अन्त्यमा पूर्वनिर्धारित कार्यक्रम गर्नैपर्ने भएकाले हतारहतारमा तीनवटा कार्यलयहरूको संयुक्त अनुगमन गरिएको ती कार्यालयले जनाएका छन् । फरकफरक कार्यालयको फरकफरक कार्यक्रम अनुगमन गर्नुपर्ने भए पनि महिला तथा बालबालिका कार्यालयको लैंगिक बालअधिकार मूलप्रवाहीकरण जिल्ला समन्वय समितिको संयुक्त अनुगमन, जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशुसेवा कार्यालय धादिङले वर्षभरी सञ्चालन गरेका योजनाहरूको अनुगमन कार्यक्रम एकै समयमा गरिएको हो ।

Dhading-1-768x576

रात्रिभोज आयोजना गरिएको चितवनको कुरिनटारस्थित सिद्धार्थ होटल ।

तीनवटा फरकफरक कार्यालयको अनुगमन भए पनि तीनवटै कार्यालयको एउटै बजेट बनाएर संयुक्त अनुगमनपश्चात् रात्रिभोजका लागि अनुगमनका सहभागीहरू चितवन पुगेका हुन् । दिउँसोको कार्यक्रममा उपस्थित नभए पनि रात्रिभोज कार्यक्रममा धादिङका प्राय सबै सरकारी कार्यालयका प्रमुखहरूको उपस्थिति देखिएको थियो । धादिङमा रात्रिभोज गर्न व्यवस्थित ठाउँ नभएका कारण चितवनको कुरिनटारमा पुगेको टोलीका संयोजक कोष तथा लेखा नियन्त्रक कार्यालय धादिङका कोष नियन्त्रक यज्ञ ढकालले बताए । उनले भने, ‘अनुगमनमा जानेहरूलाई भत्ताको व्यवस्था गरिएको थियो, भत्ताबापतको रकमले रात्रिभोजको आयोजना गरेका हौं ।’

अनुगमनका लागि जिल्ला कृषि विकास कार्यालयको ५० हजार, पशुसेवा कार्यालयको ५० हजार र महिला तथा बालबालिका कार्यालयको ६० हजार बजेट रहेको थियो । कार्यक्रममा सहभागी हुनेहरूको संख्या हेर्दा भने त्यति रकमले रात्रिभोज व्यवस्थापन गर्न असम्भव थियो । अनुगमनका नाममा नलाङको गाई फार्म र केवलपुरको बाख्रा फार्म हेरिएको थियो । समय नभएको भन्दै कार्यालयले सञ्चालन गरेका सबै योजना हेर्न नभ्याएको जिल्ला पशुुसेवा कार्यालय धादिङका कार्यालय प्रमुख देवेन्द्र भगतले बताए । महिला तथा बालबालिका कार्यालयले पनि लैंगिक बालबालिका मुद्दा प्रवाहीकरण र कृषि विकास कार्यालयले पनि गजुरीमा रहेको सहकारी संस्थासँग भेटघाट गरी अनुगमनको औपचारिकता पूरा गरेका थिए ।

हतारहतारमा गरिएको अनुगमनका कारण सबै सञ्चालित योजनाहरूको अनुगमन गर्न नभ्याइएको अनुगमन टोलीमै सहभागीहरूले बताएका छन् । अनुगमनमा कति खर्च भयो र रात्रिभोजमा कति खर्च भयो ? यकिन खर्च विवरण सम्बन्धित सरकारी कार्यालयलाई थाहा छैन । उनीहरूले रात्रिभोज गरेको होटलको रेट प्रतिव्यक्ति करबाहेक ४ हजारभन्दा माथि छ । कार्यक्रममा सहभागी हुन सबै सरकारी कार्यालयका प्रमुखहरूले कार्यालयकै गाडी लगे पनि चालकहरूलाई भने रात्रिभोजमा सहभागी नगराई बाहिरै खाना खान पठाएका थिए । अनुगमन टोलीले रिजर्भ गरेका बाहेक सेता प्लेटका सरकारी गाडी मात्रै एक दर्जनको हाराहारीमा होटलमा पार्किङ गरिएका थिए । अनुगमनमा भने जिल्लाका कुनै पनि पत्रकार तथा सञ्चारगृहलाई आमन्त्रण गरिएको थिएन ।

शान्ति पदयात्राको बजेट मनोरञ्जनमा

शान्ति पदयात्राका लागि छुट्ट्याइएको बजेट स्थानीय शान्ति समिति धादिङले पौडीपोखरीमा मनोरञ्जन गरेर सकाएको छ । उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकामा शान्ति पदयात्राका लागि छुट्ट्याइएको १ लाख बजेट कर्मचारीले चितवन पुगेर मनोरञ्जनमा सकेका छन् ।

हिंसाग्रस्त क्षेत्रमा मेलमिलापको वातावरण सिर्जना गराउन शान्ति पदयात्राका लागि शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत स्वीकृत बजेट एकै दिन एउटै होटलमा झ्वाम पारेका छन् । चितवनमा आयोजित कार्यक्रममा एमाले धादिङका अध्यक्ष भूमी त्रिपाठी, नेता खेम लोहनी, कांग्रेस पूर्वसभापति रामनाथ अधिकारी, माओवादी केन्द्र अध्यक्ष रामबहादुर भण्डारीलगायत जिल्लाका प्रमुख नेताहरू र सहायक प्रमुख जिल्ला अधिकारीसहित शान्ति समितिका पूर्वसंयोजक र पदाधिकारीहरू सहभागी थिए ।

घिल्ला वर्षहरूमा पनि महँगा होटल तथा रेस्टुरेन्टमा मनोरञ्जन गरेर नै बजेटर खर्च हुने गरेको छ । शान्ति समितिका पदाधिकारी र नेताहरूले भने हिउँदमा चुनाव लागेको र बर्खा लागेपछि उत्तर जान नसकिने भएकाले होटलमै अन्तक्र्रिया गरिएको प्रतिक्रिया दिएका छन् राजधानी दैनिकमा खबर छ ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic