धादिङ लगायत ३१ जिल्लाका सिडियोको सरुवा

1468 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । गृहमन्त्रालयले धादिङ सहित विभिन्न ३१ जिल्लामा प्रमुख जिल्ला अधिकारी(सिडियो) को सरुवा गरेको छ । गृहमन्त्रालयले धादिङको सिडियोमा मन्त्रालयकै श्याम प्रसाद भण्डारीलाई सरुवा गरेको छ भने एक महिना अघि मात्रै धादिङ आएका महेश आचार्यलाई धादिङबाट स्याङ्जामा  सरुवा गरेको छ । यसै गरी काठमाडौको प्रमुख जिल्ला अधिकारीमा केदारनाथ शर्मालाई सरुवा गरेको छ । शर्मालाई केहि दिन अघिमात्रै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा गरिएको थियो ।

1692208097Home_ministry_nepalयसैगरी रुपन्देहीका सिडियो विनोद प्रसाद साहलाई पर्सामा, बागलुङ ऋषिराम तिवारीलाई झापामा, गृहमन्त्रालयका रामप्रसाद आचार्यलाई मोरङमा,  बाबुराम श्रेष्ठलाई महोत्तरीमा, भागिरथ पाण्डेलाई सप्तरीमा,  महोत्तरीका सिडियो विरेन्द्र कुरमार यादवलाइ गहमन्त्रालयमा र सप्तरीका कामु सिडियो कृष्ण बहादुर कटुवाललाई परिचय पत्र व्यवस्थापन केन्द्रमा सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ ।

त्यस्तै जनकराज पन्तलाई बाँकेको सहायक सिडियोबाट ओखलढुंगाको सिडियोमा, भुपेन्द्र थापालाई गृहमन्त्रालयबाट सोलुखुम्बुको सिडियोमा, कष्ण बहादुर घिमिरेलाई धनकुटाको सहायक सिडियोबाट प्युठानको सिडियोमा, गृहमन्त्रालयका लक्ष्मण विक्रम थापालाई दोलखाको सिडियोमा, गृहकै हिरादेवी पौडेललाई रसुवाको सिडियोमा, जनार्दन गौतमलाई दार्चुलाको सिडियोमा, कृष्णप्रसाद अधिकारीलाई म्याग्दीको सिडियोमा, अध्यागमन विभागका निर्देशक मोहन जिसीलाई ताप्लेजुङको सिडियोमा, यज्ञराज बोहोरालाई दोलखाको सिडियोबाट गृहमन्त्रालयमा, चोमेन्द्र न्यौपानेलाई रसुवाको सिडियोबाट धनकुटाको सहायक सिडियोमा र धर्मनन्द जोशीलाई बझाङको सिडियोमा सरुवा गरेको मन्त्रालयले जनाएको छ ।