logo

देशभर दर्जनौं स्थानमा बाढीपहिरो  ३० जनाको निधन

1020 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

IMG_20170812_081254-1024x460काठमाडौ : झापा,मोरङ,सुनसरी,सप्तरी,रौतहट,दाङ,बाँके,सर्लाही लगायतका जिल्लामा आएको बाढी र पहिरोका कारण ३० जनाको निधन भएको छ । ती जिल्लाको जनजीवन कस्टकर र अस्तव्यस्त भएको छ ।
गृहमन्त्री जर्नादन शर्माका अनुसार हालसम्म बाढी र पहरोमा परी मोरङमा तीन जना, झापामा दुई जना,सुनसरीमा सात जना,पाँचथरमा तीन जना,बारामा एक जना,सर्लाहीमा एक जना,बाँकेमा तीन जना,सिन्धुलीमा चार जना,पाल्पामा एक जनासहित ३० जनाको निधन भएको हो । बाढी र डुवानका कारण संकटको अवस्थामा परेकाहरुको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

झापाको मदना,कपनबास,बाँकेको नारायणपुरमा अप्ठयारोमा परेका मानिसहरुलाई उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिसकिएको गृहमन्त्रालयले जनाएको छ । बाँकेको गोवरी,गावर र गन्दली पुल क्षतिग्रस्त भएको छ । बागमती सिंचाइको बाँध खतरापूर्ण अवस्थामा पुगेका कारण त्यहाँ डोजर पठाइएको गृहमन्त्रालयले बताएको छ । ‘हामीले उद्धारलाई प्राथमिकतामा राखेका छौ’गृहमन्त्री शर्माले भने ‘स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य टोली र उद्योगी व्यवसायीबाट ड्राइ फुड डुवानग्रस्त क्षेत्रमा पठाउने तयारी भइरहेको छ ।’

20708353_2043033982389594_1374369694608236520_n
खोज,उद्धार र राहतका लागि स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल,तालिमप्राप्त सुरक्षाकर्मी र अन्य उपलब्ध जनशक्ति उच्च प्राथमिकताका साथ परिचालन भइरहेको पनि गृहमन्त्रालयले बताएको छ ।
गृहमन्त्रालयले मुलुकका बिभिन्न नदीहरुको जलसतह बढेको र केहि नदीहरुको जल सतह खतराको तह भन्दा माथि गएकोले सबैलाई आ आफनो तर्फबाट उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

कहाँ कतिले ज्यान गुमाए ?

सुनसरी – ७
सिन्धुली – ४
पाँचथर – ३
मोरङ – ३
झापा – २
बारा – १
पाल्पा –१
दाङ – १
सार्लाही –१
बाके –३

दर्जनौं स्थानमा गएको बाढीपहिरोमा परी शुक्रबार ६ जनाको ज्यान गएको छ । बस्ती नै जोखिममा पर्दा ठूलो संख्यामा सर्वसाधारण विस्थापित भएका छन् । बाढीपहिरोमा परेका परिवारको बिचल्ली भएको छ । मनसुन सुरु भएयता बाढीपहिरोमा परी बिहीबारसम्म ३९ जनाले ज्यान गुमाएका छन् ।

सक्रिय मनसुनका कारण मुलुकभर वर्षा हुँदा बाढीपहिरोका घटना बढेका हुन् । झन्डै दुई महिनासम्म कमजोर रहेको मनसुन बिहीबारदेखि बढी सक्रिय भएकाले देशभर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार रातिदेखि नै काठमाडौं उपत्यकासहित देशभर वर्षा भएको र यो क्रम अझै केही दिन जारी रहने मौसमविद् सुजन सुवेदीले जानकारी दिए । ‘मनसुन नेपालमा बढी सक्रिय भएकाले देशभर बदली र वर्षा हुने देखिन्छ, यसअघि वर्षा भए पनि मनसुन धेरै सक्रिय नहुँदा पर्याप्त वर्षा भएको थिएन,’ उनले भने, ‘तराईका पूर्वी र मध्य भेगमा भारी वर्षा हुने सम्भावना छ ।’

जल तथा मौसम विज्ञान विभागले पनि शुक्रबार विज्ञप्ति जारी गर्दै नदीमा पानीको सतह बढेको र वर्षा बढी भएकाले पहिरो जानसक्ने भन्दै सतर्क रहन आह्वान गरेको छ । राससका अनुसार पाँचथरमा चार जनाको मृत्यु भएको छ । फालेलुङ गाउँपालिका–३, ताङलेपामा रहेको नेवा खोलामा आएको बाढीसँगै पहिरोले बगाएर शुक्रबार तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय विष्णु राई, उनकी छोरी सुस्मिता र नातिनी प्रथा राई छन् । उनकै घरबाट झरेको पहिरोले पावर हाउसमा कुरुवा बसेका उनीहरूलाई थिचेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पहिरोको डरले घर छाडेर जंगलभित्र पालमा बसेका बाजुरा बडिमालिकाका स्थानीय ।

पहिरोबाट उक्त ठाउँमा आठवटा घर जोखिममा रहेको स्थानीय दिपशन चौहानले जानकारी दिए । त्यस्तै, फालेलुङ गाउँपालिका–२ एकतिनको चुक्पादिनमा पहिरोले पुरिएर ८० वर्षीय त्रिलोचन विकको मृत्यु भएको छ भने तीनवटा घर पुरेको छ ।
त्यसैगरी बागलुङस्थित राजधानीकर्मीका अनुसार गलकोट नगरपालिकाको बडागाउँमा शुक्रबार अविरल वर्षाका कारण घर भत्किँदा एकै परिवारका दुई जनाको ज्यान गएको छ । बिहान करिब २ बजेको समयमा घरपछाडिको गाह्रो भत्किँदा पुरिएर ७५ वर्षीय जयलाल बिक र उनका नाति १३ वर्षीय विवेक बिकको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ  । यस्तै गलकोट नगरपालिकाले मृतक परिवारका लागि तत्काल राहतस्वरूप ३० हजार प्रदान गर्ने बताएको छ । घटनास्थलको स्थलगत अवलोकन गरी गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले तत्कालका लागि राहतस्वरूप ३० हजार दिने जानकारी दिए ।

भारतीय पक्षले दसगजासित जोडेर निर्माण गरेको पक्की बाँधका कारण विभिन्न खोलानदीको पानी निकास हुन नसक्दा सप्तरीको मल्हनिया गाउँ तीन दिनदेखि टापुमा परिणत भएको छ । हनुमाननगर कंकालिनी नगरपालिका १४ को मल्हनिया बस्तीका २ सय ५० घरमा पानी पसेको छ । खाँडो, जिता र कोसी नदीको पानी बस्तीमा पसेपछि त्यहाँका बासिन्दा अग्लो स्थानमा बसिरहेका छन् । खाँडो, जिता र कोसी नदीको बाढी भारततर्फ निकास हुनुपर्ने भए पनि भारतीय पक्षले पक्की बाँध निर्माण गरेकाले आफूहरूको बस्ती टापुमा परिणत भएको स्थानीयको भनाइ छ ।
खाँडो, जिता, महुली र कोसी नदीको बाढीका कारण सप्तरीका ४ सय परिवार विस्थापनमा परेका छन् । तिलाठी कोइलाडी गाउँपालिकाअन्तर्गत बनरझुला, बरसाइन, कुसहा, टिकुलियाका गरी ४ सय परिवार विस्थापनमा परेका हुन् । त्यस्तै खाँडो खोलाको बाढीका कारण तिलाठी कोइलाडी गाउँपालिकाको तिलाठी, सकरपुरा र बेल्हीका ४ सय घर डुबानमा परेका छन् । बिहीबारदेखि नै दुई फिटसम्म पानी जमेको छ ।

झापा राजधानीकर्मीका अनुसार लगातारको वर्षाले झापाका विभिन्न स्थानमा तीन सयबढी घर डुबानमा परेका छन् । कनकाई नदी र निन्दा खोलामा आएको बाढीका कारण ६ सय ५० घरपरिवार डुबानको जोखिममा परेका छन् । त्यस्तै, मेची नदीमा आएको बाढीले भद्रपुर नगरपालिकाको भैंसाबाडी र पृथ्वीनगरमा गरी २ सय ८० घर डुबानमा पारेको छ । कन्काई नदीमा आएको बाढीले शिवसताक्षी नगरपालिका–४ र गौरीगन्ज गाउँपालिका–१ को रंगियाथानमा शुक्रबार बाँध भत्काएको छ । बाँध भत्काएपछि उक्त क्षेत्रका ६ सय घरपरिवार डुबानको जोखिममा परेका छन् ।

तेह्रथुमस्थित राजधानीकर्मीका अनुसार लगातारको वर्षाका कारण तेह्रथुममा एक दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ । वर्षाका कारण शुक्रबार दिउँसो आठराई गाउँपालिकाको संक्रान्ति बजारमा पहिरोले दुई घरमा पूर्ण रूपले क्षति भएको छ । बजारकै आधा दर्जन बढी घरहरू पहिरोको उच्च जोखिममा रहेका छन् । वर्षाका कारण दुर्गा गुरुङ र युवराज बानियाँको घरमा क्षति पुगेको इलाका प्रहरीकार्यालय संक्रान्तिका प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिए । पहिरोबाट संक्रान्ति बजारमा रहेको मिक्चुङ बोर्डिङ स्कुल, तारा बानियाँ, तिलबहदुर इङनाम, राम इङनाम, सुमन नेपाललगायता घर पहिरोको जोखिमा छन् । यसै गरी पहिरोका कारण म्याङलुङ नगरपालिकाको जिरिखिम्ती  सुर्केका मोहन गुरुङ, तारा बस्नेत, रामप्रसाद गौतम, इन्द्र सुवेदी, मेनुका तामाङ र भीमबहादुर लिम्बूका परिवार विस्थापित भएका छन् ।

यसैगरी छथर गाउँपालिका–२ शुक्रबारेमा रहेका कृष्ण सुवेदी र दलरूप लिम्बुको घर पूर्ण रूपमा क्षति भएको स्थानीय दीपा खुलालले बताइन् । लगातारको वर्षापछि आङदिम, ओयाक्जुङ, वसन्तपुर, मोराहाङ, श्रीजुङ, पौंठाक, आम्बुङ, दाँगपा साविक गाविसका विभिन्न ठाउँमा गएको पहिरोले स्थानीयलाई क्षति पु¥याएको छ । यसैगरी म्याङलुङ–वसन्तपुर सडकखण्डको लसुने, टुक्रे, जिरिखिम्ती, सुर्के क्षेत्रका दर्जनौं ठाउँमा पहिरो खसेको छ । लालीगुराँस नगरपालिकाको वसन्तपुर र फुलेकमा दशक अघिदेखि नै पहिरोले बस्ती तान्ने खतरा बढेको छ । पहिरोको आकार बढ्दै जाँदा किसानका खेतीयोग्य जमिनको क्षेत्रफल समेत घट्दै गएको स्थानीय शिक्षक राम खनाल बताउँछन् । आठराई गाउँपालिकाको खाम्लालुङ, ह्वाकु, इवा, चुहानडाँडाका दर्जनौं बस्तीसमेत पहिरोको जोखिममा रहेको गाउँपालिका उपाध्यक्ष रूपा कन्दंवाले बताइन् । वर्षायाममा बग्न सक्ने पहिरो र त्यसबाट हुने क्षतिबारे प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए ।

यस्तै पहिरोका कारण धनकुटाको भेडेटार–६ नम्बर बुधबारे सडक अवरुद्ध भएको छ । चौबिसे गाउँपालिका–१ सौरेस्थित सडकमा बिहीबार राति पहिरोसँगै ठूलो ढुंगा खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि शुक्रबार बिहानदेखि नै उक्त सडकमा सवारी आवतजावत ठप्प भएको छ । नेपाली सेनासँग समन्वय गरेर सडक खुलाउने पहल भएको जिल्ला प्रहरी प्रमुख सुदिप राजभण्डारीले जानकारी दिए ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic