नेपाल प्रहरीका एक सय ९० डिएसपीको सरुवा,धादिङका दिपेन्द्र पंजियार भोजपुर सरुवा

3860 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

20150510nepal-police-install-missing-person-desk-600x0काठमाण्डौ –प्रहरी प्रधान कार्यालयले बुधबार मध्य राती दुई सय ८३ जना डिएसपीहरुको सरुवा तथा पदस्थापन गरेको छ । सरुवा हुनेमा धादिङका लगायत एक सय ९० डिएसपीहरु रहेका छन भने ९३ डिएसपीको पदस्थापन गरिएको हो ।

यसरी सरुवा हुने क्रममा धादिङका डिएसपि दिपेन्द्र पंजियार थारुलाई जिल्ला प्रहरी कार्यालय भोजपुर पठाईएको छ भने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट रामवहादुर केसीलाई धादिङ सरुवा गरिएको छ ।

नेपाल प्रहरीमा लामो समयदेखि डिएसपीको सरुवा तथा पदस्थापन हुन सकेको थिएन । प्रहरी मुख्यालयले केही दिन अघि मात्रै प्रहरी उपरिक्षक (एसपि)हरुको सरुवा तथा पदस्थापन गरेको थियो ।

यस्तो छ डिएसपीहरुको सरुवा सुची













डिएसपीहरुको पदस्थापन