तीजको दरखाने दिनआज

89 पटक पढिएको

प्रकाशित मिति: ७ भाद्र २०७४, बुधबार ०९:५५

सम्पादक: Dhading News

 

 

Dhakane-300x273काठमाडौ ७,भदौ । नेपाली हिन्दु महिलाहरुको महान पर्वका रुपमा रहेको तिज पर्वको अघिल्लो दिन आज तीजको दरखाने दिन । तीजको ब्रत बस्ने हिन्दु महिलाले विभिन्न परिकार तथा मिठाई तयार पारेर राति अबेर दर खाने प्रचलन छ ।तर केही बर्ष यता शहरी क्षेत्रका विभिन्न संघ संगठन,महिला समूहको आयोजनामा तीज आउनु भन्दा एक साता अघि देखिनै सामूहिक रुपमा दर खाने चलन शुरु भएको छ ।

तीजको दिन महिलाहरु दिनैभरि ब्रत बस्ने भएकाले भोक नलागोस् भनेर अघिल्लो दिन राती नै मिठा मिठा परिकार खाने चलन बसेको हो । टाढा टाढा रहेका चेलीहरु माइतीघरमा भेला भएर वा आफ्नै घरमा खीर, ढकनी, घिउ, दही, दुध लगायतका मिठा परिकार खाने गर्छन् ।

दर खाने दिनबाट तीज सुरु भएको मानिन्छ । पहिले तीजको अघिल्लो रात दरखाने गरिएपनि हिजोआज शहरबजारमा पहिलेदेखिनै दर खाने चलन बसेको छ । हिजोआज दर खाने प्रचलनलाई भेटघाट र रमाइलो गर्ने अवसरको रुपमा पनि लिने गरिएको छ ।

हिमालयकी पुत्री पार्वतीले पति पाउनका लागि कठोर ब्रतगरी आफ्नो कामना पुरा गरेको धार्मिक कथन अनुसार भोली महिलाहरु ब्रत बस्ने गर्छन् ।


७ भाद्र २०७४, बुधबार ०९:५५ मा प्रकाशित

Dhading Galaudi mahotsav 2073

समाचार

सबै

गल्छी गाउँपालिकामा शुभकामना आदान प्रदान कार्यक्रम

गल्छी गाउँपालिकाको आयोजनामा  शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार गल्छी गाउँपालिकाको वडा नम्बर ८ छाङ्गेश्वर मन्दिर परिसरमा विजयादशमी, शुभदिपावली तथा छठ पर्व २०७४ को पावन अवसरमा.....

रकमको जोहो गर्नुहोला पाँच अर्ब ७१ करोडको हकप्रद सेयर आउँदैछ

काठमाडौँ / धितोपत्र बोर्डले विभिन्न १२ वटा कम्पनीलाई रु पाँच अर्ब ७१ करोड ८५ लाख ४२ हजार बराबरको हकप्रद शेयर.....

नेपाल टेलिकमको दशैं अफर सार्वजनिक

नेपाल टेलिकमले नेपालीहरुको महान चाड बडादशैंको अवशर पारेर नयाँ अफरहरु सार्वजनिक गरेको छ । टेलिकमले बुधबार.....

नागढुंगाबाट २८ मरेका खसीबोका बरामद

काठमाडौं, असोज ५ -महानगरीय प्रहरी प्रभाग नागढुंगाले २८ वटा मरेका खसीबोका बरामद गरेको छ । प्रभागबाट.....

धादिङमा तीन जनालाई डेँगुको संक्रमण

धादिङ । धादिङमा डेँगु रोगका तीन जना बिरामी भेटिएका छन् । हालै जिल्ला अस्पताल धादिङमा उपचारका लागि आएका.....

netrawati 3x2 = 20pcs

dashai-shub-kamana