भदौ ५ मा १८ वर्ष पुगेकाले मत दिन पाउने

697 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

_दुई_नम्बर_प्रदेश_बाहेक_मतदान_केन्द्रको_सिफारिस,__कुन_जिल्लामा_कति_केन्द्र_सूचिसहित1050काठमाडौं, ९ भदौ- आगामी मंसिरका लागि तय प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा ५ भदौमा १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम रहेकाहरूले मात्र मतदान गर्न पाउने भएका छन्, राजधानीमा खबर छ ।

निर्वाचन आयोगको बिहीबार बसेको पदाधिकारी बैठकले सरकारले निर्वाचनको मिति तोकेको दिन ५ भदौसम्म १८ वर्ष उमेर पूरा भएको र मतदाता नामावलीमा नाम लेखाएकाहरूलाई मात्र प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न दिइने निर्णय गरेको हो ।

‘मतदाता नामावली ऐन, २०७३ को दफा ६ (ख) अनुसार आयोगले १८ वर्ष उमेर पूरा भएको मिति तोक्ने व्यवस्थानुसार मतदाताको १८ वर्ष उमेर पुगेको मिति तोकेको हो,’ आयोग बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।