शिव सिलवाललाई ५१ हजार राशीको जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार

2716 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

11888090_882994915112947_7220147194746669844_nधादिङ-नेपाल टेलिभिजनका धादिङ सम्वाददाता शिव सिलवाल र एभिन्युज टेलिभिजनका सम्वाददाता  समेत रहेका फोटो पत्रकार भरतबन्धु थापालाई ५१ हजार रूपैयाँ राशीको हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार दिने निर्णय भएको छ।

नेपाल टेलिभिजनका धादिङ सम्वाददाता  सिलवाल र एभिन्युज टेलिभिजनका सम्वाददाता समेत रहेका फोटो पत्रकार थापालाई संयुक्त रुपमा प्रदान गरिने पुरस्कारको राशी ५१ हजार रहेको छ।

हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार छनोट समितिको बैठकले १३ जना प्रतिस्पर्धीहरुबाट सिलवाल र थापालाई छनोट गरेको हो।

२०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका नेपाल टेलिभिजनका पत्रकारहरु हेमराज भण्डारी र सुनिलकुमार सिंहको सम्झनामा नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले पुरस्कारको स्थापना गरेको हो।

२०६४ सालदेखि विभिन्न टेलिभिजन पत्रकारहरुलाई प्रदान गरिँदै आएको पुरस्कार आगामी असोज ७ गते नेपाल टेलिभिजनमा आयोजना हुने कार्यक्रममा प्रदान गरिनेछ।