धादिङमा बाम तालमेलको चुनावी क्षेत्र निर्धारण

1144 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-नेकपा एमाले र एकीकृत नेकपा माओवादी केन्द्र बिच भएको सहमतीअनुसार  अबका दिनमा यि दुई पार्टी एकै भएर अघि बढ्नेछन । पार्टी एकीकरणको प्रारम्भिक चरणका रुपमा हेरिएको चुनावी तालमेलमा दुईपार्टी कसरी अघि बढ्लान धेरैको चासो र रुचीको बिषय बनेको छ । यहि क्रममा दुई निर्वाचन क्षेत्र रहेको धादिङमा पनि चुनवी तालमेलका लागि क्षेत्र निर्धारण गरिएको छ ।

uml-and-maoobadi-1024x565नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलको क्षेत्र निर्धारण टुंगिएको छ । विहिबार क्षेत्र निर्धारण कार्यदलले क्षेत्र बाँडफाँट समेत टुंग्याएको हो । कार्यदलको सिफारिस अनुमोदनका निम्ति पार्टी उपाध्यक्ष बामदेव गौतमको निवास भैंसेपाटीमा शुक्रबार विहानैदेखि बैठक चलिरहेको छ । बैठक उम्मेदवारको समेत टुंगो लगाउने गरी शुरु भएको हो । धादिङ जिल्लामा प्रदेश र प्रतिनिधि सभा गरी छ क्षेत्र मध्य चार वटा नेकपा एमाले र दुई क्षेत्र नेकपा माओवादी केन्द्रले बाँडफाँट गरेका छन् । (१) प्रतीनीधी सभा निर्बाचन क्षेत्र न १ नेकपा (एमाले) (२) प्रतीनीधी सभा निर्बाचन क्षेत्र न १ को प्रदेश सभा निर्बाचन क्षेत्र न (क ) नेकपा (एमाले) (३) प्रतीनीधी सभा निर्बाचन क्षेत्र न १ को प्रदेश सभा निर्बाचन क्षेत्र न (ख) (नेकपा माओबादी केन्द्र (४) प्रतीनीधी सभा निर्बाचन क्षेत्र न २ नेकपा (एमाले) (५) प्रतीनीधी सभा निर्बाचन क्षेत्र न २ को प्रदेश सभा निर्बाचन क्षेत्र न (क) ( नेकपा माओबादी केन्द्र (६) प्रतीनीधी सभा निर्बाचन क्षेत्र न २ को प्रदेश सभा निर्बाचन क्षेत्र न (ख ) नेकपा (एमाले)