धादिङमा १ लाख ५६ हजार मत खस्यो

955 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

धादिङ-आईतबार सम्पन्न भएको प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा धादिङ जिल्लाभर ६७.१२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । कुल २ लाख ३३ हजार ५ सय ५ मतदाता रहेकोमा १ लाख ५६ हजार ७ सय २७ मत खसेको छ । २ प्रतिनिधि सभा र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको धादिङमा १०९ मतदान स्थल २ सय ७२ मतदान केन्द्र रहेको छ ।
जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार गत स्थानीय तह चुनावमा धादिङमा २ लाख ६ हजार २ सय मतदाता रहेकोमा १ लाख ५४ हजार ३ सय ७४ जनाले मतदान गरेका थिए । स्थानीय निर्वाचनमा भन्दा अहिले मतदाताको संख्या थपिएको भएपनि मत खस्नेक्रममा भने खासै बृद्धि हुन सकेको छैन ।